Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, August 19, 2015

बिराटनगरमा पेट्रोल पम्प नखुल्दा पेट्रोल अभाब

by बी एन एन
बिराटनगर भदौ ३ , मधेसी दलको लगातरको बन्दका कारण पेट्रोल आपुर्ती गर्न नसक्दा र पेट्रोल पम्प समेत बन्दकर्ताले बन्द गराउदा बिराटनगरमा पेट्रोल अभाब भएको छ । बिराटनगरका सबै पेट्रोल पम्पहरु बन्द छन । जस्का कारण धेरै बिराटनगरबासीले पेट्रोल अभाबका कारण दैनिक कामकाजमा समस्या आएको बताएका छन । पेट्रोलको अभावले निजी तथा सार्वजनिक सवारीका साधनहरु सञ्चालन हुन समस्या हुँदै गएको छ । पेट्रोलको अभाव हुँदा सवारी साधन चलाउन समस्या भएको स्थानीयको गुनासो छ ।

0 comments:

Post a Comment