Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 14, 2015

आफ्नै कार्यकर्ताबाट कांग्रेस नेताको हत्या


By: बी एन एन (ब्रोड नेपाल न्युज)
पोखराः नेपाली कांग्रेस लेखनाथमा इमान्दार र सक्रिय नेताको छवि बनाएका ५२ बर्षिय रामजी पौडेल ‘बादल’ को आफ्नै कार्यकर्ताले हत्या गरेका छन् । कांग्रेसको संस्थापन र देउवापक्षवीचको बिबाद मिलाउन बार्ता गरेर बिहीवार राती साथिसँगै घर फर्कर्दै गरेका ‘बादल’ लाई कांग्रेस कार्यकर्ताले बाटोमा कुटेर हत्या गरेका हुन ।
उनको शव शुक्रवार बिहान पृथ्वीराजमार्गको गगनगौडा खण्ड नजिकै भिरतलमा भेटिएको थियो । शवको हात, घाँटी र शरीरमा धारिलो हतियारको प्रयोग गरिएको छ । लेखनाथ १ पावर हाउस निवासी ‘बादल’ गगनगौडाका महाधिबेशन प्रतिनिधि बुद्विमान गुरुङको घरमा वार्ता सकेर करिब डेढ किलोमिटर उतरतर्फ पुग्दा सामुहिक आक्रमणमा परेका थिए ।

0 comments:

Post a Comment