Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 8, 2015

मोरङ समाज काठमाडौंद्वारा मन्त्री लालबाबु पण्डितलाई अभिनन्दन

मोरङ समाज काठमाडौंद्वारा मन्त्री लालबाबु पण्डितलाई अभिनन्दन
by ब्रोड नेपाल न्युज (बी एन एन)
काठमान्डौ साउन २४
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्र प्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुर्याएको भनी अभिनन्दन गरिएको छ ।
मोरङ समाज काठमाडौंद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उहाँलाई समाजका तर्फबाट अभिनन्दनपत्र प्रदान गरे।
निजामती ऐन चौथो संशोधनमार्फत सामान्य प्रशासन मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले विदेशी मुलुकको डिभी, पिआर तथा ग्रीन कार्ड लिन नपाउने व्यवस्था गरेका छन्।
विदेशका आवासीय प्रवेशाज्ञा लिएर बस्ने व्यक्ति राष्ट्रसेवक कर्मचारी हुनै नसक्ने मान्यतामा अडिग रहनुभएका मन्त्री पण्डितको उक्त निर्णयबाट निजामती प्रशासनमा देखिएको अनियमितता र अनुसाशनहीनतालाई रोक्न थोरै भने पनि योगदान पुग्ने विश्वास लिइएको छ ।

0 comments:

Post a Comment