Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, September 10, 2015

एसपीलाई पेट्रोल बम हानेपछि जनकपुरमा तनाव बनेको छ।

By:बी एन एन| २०७२ भाद्र २४ बिहीवार

जनकपुरधाम : आन्दोलनका क्रममा विभिन्न जिल्लामा प्रहरीले दमन गरेको भन्दै जनकपुरमा सशस्त्र प्रहरीका उपरीक्षकमाथि मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका छन् ।

गस्तीमा रहेको प्रहरी उपरीक्षक रविन्द्र ठाकुर सवार भ्यानमाथि आन्दोलनकारीले जनकपुर उपमहानगरपालिका–१ भानु चोकमा पेट्रोल बम हानेका थिए ।

बम हानिएपनि भ्यानमा सवार उपरीक्षक ठाकुरसहित सबै सुरक्षाकर्मीहरु सकुशल रहेको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिनप्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो ।

जनकपुरमा प्रर्दशनकारी
Source :annapurnapost

0 comments:

Post a Comment