Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, September 11, 2015

विदामा बसेका असईलाई मोर्चा कार्यकर्ताले लखेटीलखेटी हत्या गरे


By:बी एन एन |
२०७२ भाद्र २५ शुक्रबार

फोटो :मधेसी मोर्चाका कार्यकर्ता महोत्तरीको भ्रमरपुरा प्रहरी चौकी तोडफोड गर्दै । तस्बिर : अन्नपूर्ण
जनकपुरधाम : मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वरमा शुक्रबार बिहान कुटपिट गरी गम्भीर घाइते बनाइएका नेपाल प्रहरीका एक असईलार्इ उपचारका लागि लाने क्रममा फेरि आक्रमण गरेर हत्या गरेका छन् ।

ड्यूटीमा नरहेका सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई मोर्चाका कार्यकर्ताले शंकर चोकमा बसिरहेका विकलाई नियन्त्रणमा लिएर कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याएका थिए । उनलाई थप उपचारका लागि जलेश्वरको ६६.१.१२३५ नम्बरको एम्बुलेन्समा राखी जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविसका आन्दोलनकारीले उनीमाथि आक्रमण गरेका थिए ।

कुटपिटपछि टाउकोमा गहिरो चोट लागेका विकको जलेश्वर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

टाउकोमा मात्रै १८ वटा टाँका लगाइएका बिकलाई एम्बुलेन्समा जनकपुर लैजाने क्रममा मोर्चाका कार्यकर्ताले महोत्तरी गाविसको सनोखरामा घरेलु हतियारसहितले आक्रमण गरी लखेटेर हत्या गरेका हुन् ।

जनकपुर–जलेश्वर सडकबाट एम्बुलेन्सलाई जान नदिएपछि बिकलाई ग्रामीण बाटोबाट लगिएको थियो । मूल सडकबाट लाँदा पनि लखेटेपछि ग्रामीण सडकबाट एम्बुलेन्स जनकपुरतर्फ गएको थियो ।

ग्रामीण बाटोबाट लाने क्रममा पनि मोर्चा कार्यकर्ताले एम्बुलेन्सलार्इ लखेटेका थिए । होत्तरी गाविस-८ सनोखरामा पुगेपछि घेरेर धावा बोली एम्बुलेन्सबाट निकालेर लखेटी लखेटी असर्इ विकको  हत्या गरिएको हो ।

अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा महोत्तरी गाविस-८ सनोखराको वनको बाटोमा स्थानीयवासीले एम्बुलेन्स रोकी उनलार्इ बाहिर निकालेर लाठी प्रहार गरी हत्या गरेका सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले बताए ।

असर्इ विकलार्इ हत्या गरेपछि आन्दोलनकारीले एम्बुलेन्स पनि जलाइदिएका छन् । असई विकको हत्या गरी सडकभन्दा डेढ किलोमिटर पूर्व धान खेतमा फालिदिएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताए ।

असईको हत्यापछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुको नेतृत्वमा ठूला सङ्ख्यामा प्रहरी पुगेका छन् । उनको शव जलेश्वर ल्याउने तयारी भइरहेको जनाइएको छ ।

'एम्बुलेन्स सोनउख्रामा आइपुगेको अवस्थामा चारैतिरबाट धावा बोलेछन्, दुर्इ सुरक्षाकर्मी र ड्रार्इभर ज्यान बचाउन भागेको देखियो', घटनास्थलमा पुगेका सशस्त्र प्रहरी उपरीक्षक शरद रानाले भने, 'गम्भीर घाइते बिकलार्इ एम्बुलेन्सबाट निकालेर लखेटी लखेटी हत्या गरेको पाइयो । उनलार्इ घरेलु हतियारले पनि आक्रमण गरेका रहेछन् ।'

एम्बुलेन्समा आक्रमण गरेपछि त्यसमा सवार दुईजना प्रहरी र चालक सम्पर्कबिहीन भएका छन् । मोर्चाका कार्यकर्ताले एम्बुलेन्समा आक्रमण अवरोध गरेपछि गम्भीर घाइते विकको सोही स्थानमा ज्यान गएको हो ।

मोर्चाका कार्यकर्ताले अस्पताल पुग्न नदिई असईको बाटैमा ज्यान गएपछि  सोनउख्रामा अहिले सशस्त्र प्रहरी उपरीक्षक शरद रानाको नेतृत्वमा सयौंको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

असई विकको शव एम्बुलेन्सबाट करिब आधा किलोमिटर टाढा धानखेतमा भेटिएपनि दुईजना प्रहरी र एम्बुलेन्स चालकको अवस्थाबारे केही खुल्न सकेको छैन ।

असर्इ मारिएपछि महोत्तरीको अवस्था अहिले तनावग्रस्त बनेको छ । आज बिहान करिब ८ :३० बजेतिर असई विकलाई आन्दोलनकारीले जलेश्वरको शङ्करचोकमा कुटपिट गरी घाइते बनाएका थिए ।"
-Source:annapurnapost

0 comments:

Post a Comment