Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 30, 2015

बिराटनगरबाट लागुऔषध सहित युवक पक्राउ

बिराटनगरबाट लागुऔषध सहित युवक पक्राउ
by बिराट नगर न्युज
मोरङ, साउन १५ गते।

क्षेत्रीय अनुसन्धान समुह र क्षेत्रीय लागुऔषध ब्युरोबाट खटिएको प्रहरी टोलीले बिराटनगर २१ स्थित नेपाल भारत सिमानाबाट लागुऔषध सहित एक युवकलाई पक्राउ गरको छ।

पक्राउ पर्नेमा खोटाङ जिल्ला खार्ताम्छा ८ घर भई हाल काठमाण्डौको बौद्ध पिपलचोक बस्ने १८ बर्षिय ईन्द्र राई रहेका छन्। प्रहरीले उनको साथबाट लागुऔषध एभिल, लुपिजैसिक र डाईजेपाम १००\१०० एम्पुल बरामद गरेको हो।

बिराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटमा शंकास्पद अवस्थामा हिडिरहेको राईलाई चेक जाँच गर्दा उनको कम्मर तथा तिग्रामा खैरो टेपले बाधेर नेपाल भित्र्याउदै गरेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो। पक्राउ परेका राईलाई आवश्यक कार्बाहिका लागी ईलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ।

पाँच असई पदमा पदोन्नती

पाँच असई पदमा पदोन्नती
by बिराट नगर न्युज

विराटनगर १४ साउन ।

प्रहरी सहायक निरीक्षक असई पदमा पदोन्नती हुनुभएका पाँचजनालाई क्षेत्रीय प्रहरी कार्यालयमा आज दज्र्यानी चिन्हले शुसोभित गरिएको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षकहरु कमल खड्का, सुभास के.सी, टिकाराम पराजुली, चुडामणी प्रधान र गोविन्द राईलाई पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद जोशीले दज्र्यानी चिन्ह लगाई दिनुभएको हो । सुशोभित प्रहरी सहायक निरीक्षकहरुलाई दज्र्यानी चिन्ह लगाउनु हुँदै प्रहरी नायव महानिरीक्षक जोशीले पदोन्नतीसंगै उनीहरुमा जिम्मेवारी थपिएको हुँदा अझ लगनशील एवं कर्तव्यनिष्ठ भएर आफ्नो दायित्व पुरा गर्न निर्देशन दिनुभयो ।

जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास विराटनगरमा सुुरु

जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास विराटनगरमा सुुरु
by बिराट नगर न्युज
विराटनगर, १४ साउन : जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास बुधबारदेखि विराटनगरमा सुुरु भएको छ । चार महिनासम्म चल्ने चार्तुमासमा विविध धार्मिक कार्यक्रमहरु सञ्चालन हुनेछन् । विराटनगरको मेनरोडस्थित जैन स्वेताम्बर तेरापन्थसभा भवनमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच जैन गुरु आचार्य महाश्रमणले चातुर्मासको प्रारम्भ गर्नुभयो । सो अवसरमा उहाँले जैनमुनी तथा साध्वीहरुलाई धार्मिक अनुशासनको सपथग्रहण गराउनुभयो । उहाँले चार महिनाको चातुर्मासको अवधिमा जैनमुनी, साध्वी तथा श्रावकहरुले पालना गर्नुपर्ने नियमको विषयमा पनि जानकारी गराउनुभयो । महाश्रमणले यो अवधिमा एक गुरु एक विद्या, धारण गरेको बस्त्रबाहेक अन्य लिन नहुने, तत्वज्ञानमा ध्यान दिनुपर्ने, भिक्षा लिन जाँदा जैनबाहेककोमा पनि जानुपर्नेलगायतका कुरा स्मरण गराउनुभयो । उहाँले जैन धर्मालम्बी बाहेककोमा भिक्षा लिन जाँदा पनि मंगलपाठ गर्न, विद्युतीय उपकरण प्रयोग नगर्न र श्रावक पुरुषलेसमेत चातुर्मासका नियम पालना गर्न आग्रह गर्नुभयो । जैनमुनी तथा साध्वीहरु खासगरी वर्षायामका चार महिना एकै स्थानमा उपवास बस्ने, बाहिर हिंड्डुल नगर्ने र बिहानपख नजिकैको क्षेत्रका अनुयायी कहाँ गएपनि साँझ सधैं एकै स्थानमा विश्राम गर्ने गर्दछन् । वर्षायामको अवधिमा वनस्पति अग्लो हुने, लेउझ्याउ उम्रने, विभिन्न किसिमका घस्रने जन्तुहरु धेरै बाहिर निस्कने हुँदा हिंसा नहोस् भनेर एकै ठाउँ बस्नुपर्ने धार्मिक मान्यता छ । चातुर्मासको शुभारम्भ गर्ने क्रममा आचार्य महाश्रमणले चार महिनाको अवधिलाई सत्कर्म र तपस्यामा प्रयोग गर्न पनि अनुयानी, मुनी तथा साध्वीहरुलाई आग्रह गर्नुभयो । चातुर्मासमा सहभागी हुन भारतबाट ठूलो संख्यामा जैन अनुयायीहरु विराटनगर आइपुगेका छन् । अनुयायीहरुको बढ्दो आगमनलाई ध्यानमा राखेर थप व्यवस्थापनसमेत गर्न लागिएको चातुर्मास आयोजक समितिका अध्यक्ष मालचन्द सुरानाले जानकारी दिनुभयो ।

शिशुको मृत्युपछी लाइफलाइन अस्पताल घेराउ

शिशुको मृत्युपछी लाइफलाइन अस्पताल घेराउ
by बिराट नगर न्युज
दमक- झापाको दमकस्थित लाइफलाइन अस्पतालले अरिंगालको टोकाइबाट बिरामी भई ल्याएइएकी १४ महिनाकी एक शिशुको उपचारमा ध्यान नदिँदा ज्यान गएको भन्दै पीडित पक्षले अस्पताल घेराउ गरेका छन् । अस्पतालमा भर्ना गरिएको ४ घण्टापछि झापा तोपगाछी – ८ का राजु घिमिरेकी छोरी सेविकाको मृत्यु हुनुमा अस्पतालका चिकित्सकको लापरवाही भएको दाबी गर्दै तोपगाछीका सयौंसर्वसाधारणले गएराती देखीनै अस्पताल घेराउ गरेका हुन् । उनीहरुले शिशुको शव बुझ्न अस्वीकार गरेपछि अस्पतालकोइमरजेन्सी कक्षमा कोही पनि स्वास्थ्यकर्मी छैनन । विरामीको अस्पताल भर्ना सम्बन्धि कागजात समेत अस्पताल प्रशासनले लुकाएर घट्नाको यथार्थ छानविनमा असर पुरयाउने कोशिस गरिरहेको पनिआरोप लगाएका छन् । मृतकका आफन्त र शुभचिन्तकहरु अस्पतालमा पुगेपछि अस्पतालले स्थानीय जनपथ र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरेको छ । मृतकका नातेदार हरीप्रसाद पराजुलीले शिशुको उपचार सम्बन्धि कागजात अस्पताल प्रशासनले राखिनु कुनैपनि अर्थमा उचित नहुने बताए । मृतकका छिमेकी नेत्र अधिकारीले अपरान्ह ४ बजे अस्पतालको एमरजेन्सी कक्षमा भर्ना गरिएकी शिशुको अवस्था सामान्य बन्दै गएको भनि अस्पतालले थप उपचारका लागि बच्चा वार्डमा स्थानान्तरण गरेपछि त्यहाँ प्रयोगका लागि चिकित्सकले लेखेका औषधीहरु मध्ये एउटा इन्जेक्सन लगाएको केही बेरमै शिशु बेहोस भएको र पुन चिकित्सक बोलाई दिन भन्दा इमरजेन्सीमा बिरामी पुरयाउन लगाएको बताए । बच्चा वार्डबाट बिरामीलाई फेरी इमरजेन्सीमा पठाइदिएको र त्यहाँ पुग्दा सबै स्वास्थ्यकर्मीहरु अघिनै भागिसकेका पाइएकोले घट्नामा अस्पताल पक्ष दोषि रहेको अनुमान सहजै लगाउन सकिने मृतकका अर्का एक नातेदारले बताए । पीडित पक्षले उचित छानविन गरि दोषीलाई कारवाही गर्नुपर्नेे माग उठाएका छन भने अस्पताल प्रशासनले सुरक्षामकर्मी परिचालन गरेर पीडित पक्षलाई त्यहाँबाट हटाउन खोजिरहेको छ ।घट्नाको सामान्यीकरण गर्ने वा मृत्युको खास कारण बारे परिवारलाई जानकारी गराउने प्रयत्न समेत नगरेको पीडित पक्षको गुनासो छ ।

देशभर चालक अनुमतिपत्रको काम ठप्प

देशभर चालक अनुमतिपत्रको काम ठप्प

By: बी एन एन|श्रावण ३०| बागमती यातायात कार्यालयको कम्युटरको सर्भर डाउन भएपछि देशभर नै सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण सेवा ५ दिनदेखि ठप्प छ । ललितपुर उपमहानगरपालिका एकान्तकुनास्थित यातायात कार्यालयको कम्प्युटर सर्भर प्राविधिक खराबीले डाउन भएको हो । यातायात कार्यालयमा दैनिक आउने हजारौ सर्वसाधारण बिना काम फर्किनुपर्दा मर्कामा परेका छन् ।
बुधबार कार्यालयमा भेटिएका संखुवासभा फापरबारीका हितकुमार कार्कीको लाइसेन्स नविकरण गर्ने अन्तिम मिति थियो । कार्यालय बन्द हुँदा उनले समयसिमा भित्र आफ्नो लाइसेन्सको नविकरण गर्न सकेनन् । अब डबल दस्तुर तिरेर  मात्र नविकरण गर्नुपर्ने स्थिति आएको कार्कीको गुनासो छ । गाउँमा स्थानीय शिक्षकको काम गर्ने उनी तीन दिनको विदामा आएका थिए । तर बिहीबारसम्म पनि उनको काम बनेन् ।
कार्यालयको सम्भार क्षमता भन्दा बढि डाटा कोच्चिएर राख्दा सुरुमा अत्याधिक स्लो र सर्भर नै डाउन भएर कामकाज ठप्प भएको जानकारी बागमती अञ्चल यातायात कार्यालयले दिएको छ । यातायात व्यवस्था कार्यालयका सुचना अधिकृत ईश्वरराज रेग्मीले सर्भर पुरानो र कम क्षमताका भएकाले समस्या आएको बताए ।
'हामीले विभागमा पटक पटक अनुरोध गर्दापनि सरकारले नयाँ सर्भर राख्न चासो दिएको छैन,' उनले भने, 'अत्याधिक क्षमता भएको स्मार्ट कार्डको सर्भर पनि सञ्चालनमा आउन सकेको छैन ।'
कार्यालयको सर्भरमा समस्या देखा परेको यो पहिलो पटक होइन । विगत केहि वर्षदेखि निरन्तर देखा पर्दै आइरहेको हो । उक्त सर्भर २०६७ मा मानभवनस्थित यमरी नामक सेफ्टवयर कम्पनीले बागमती अञ्चलको मात्र डाटा राख्ने उद्देश्यले निर्माण गरेको थियो । तर अहिले दशैभरिका यातायात कार्यालय सवारी चालक अनुमति पत्रको डाटा उक्त सर्भरमा राख्दै आएको छ । बागमती यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश वस्नेतले प्राविधिक गडबडीले रोकिएको काम शुक्रबारदेखि सुचारु गर्ने प्रयत्न भइरहेको बताए ।

Wednesday, July 29, 2015

हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन
by बिराट नगर न्युज
विराटनगर, १३ साउन : नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । मेनरोडस्थित सत्यनारायण मन्दिर अगाडिबाट निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । स्वधर्म संस्कृति संरक्षण अभियान, सनातन धर्म सेवा समिति, सनातन हिन्दूराष्ट्र जागरण अभियान, विराट धर्म संरक्षण समिति र सनातन हिन्दू युवा संरक्षण समितिसहित झण्डै एकदर्जन हिन्दूवादी संघ संस्थाले ¥यालीसहित प्रदर्शन गरेका हुन् । ¥यालीलाई प्रहरीले अवरोध गर्न खोजे पनि प्रदर्शनकारी प्रहरीको अवरोध तोड्दै अगाडि बढेका थिए । उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरे । ¥यालीपछि जनआन्दोलन चोकमा भएको कोणसभामा बोल्दै सनातन हिन्दूराष्ट्र जागरण अभियान नेपालका संयोजक तिलक रिजालले विदेशीको इशारामा देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी गर्नुभयो । कार्यक्रममा वृन्दावन निवासी भागवत शरणदेव महाराज, स्वामी कमलनयनाचार्य र श्याम पौडेललगायतका वक्ताले आफूहरुको आन्दोलनमा विश्वका ३ अर्ब बढी हिन्दूहरुको साथ रहेको दाबी गर्नुभयो । कार्यक्रमका वक्ताहरुले इटहरीमा मंगलबार भएको धडपकडको भत्र्सना गर्दै बिहीबारका लागि आह्वान गरिएको विराटनगर बन्द सफल गर्न आग्रहसमेत गरेका थिए । कार्यक्रममा लक्ष्मीनारायण मन्दिर विराटनगरका मठाधीश स्वामी प्रपन्नाचार्यसहित विभिन्न संघसंगठन र सर्वसाधारणको सहभागिता थियो ।

मोरङमा जग्गा पास गराउने संख्या घट्यो राजस्वमा वृद्धी

मोरङमा जग्गा पास गराउने संख्या घट्यो राजस्वमा वृद्धी
by बिराट नगर न्युज

विराटनगर,  साउन ÷ अघिल्लो गत आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष
२०७१÷०७२ मा मोरङमा जग्गा पास गराउने संख्या घटेपनि राजस्व भने वृद्धी आएको पाईएको छ ।
मोरङमा गत आर्थिक वर्ष ३१ हजार १ सय ७९ जनाले जग्गा पास भएको थियो ।
जसबाट २८ करोड २८ लाख १९ हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन गराएको
जिल्ला मातपोत कार्यालय मोरङ विराटनगरले जनाएको छ । जुन अघिल्लो आर्थिक
वर्ष भन्दा ३ सय ७८ ले कमी हो । तर, राजस्वमा भने अघिल्लो आर्थिक वर्ष
भन्दा गत आर्थिक वर्ष ४ करोड ५१ लाख ३५ हजार ४ सय रुपैयाँ वृद्धी गर्न
कार्यालय सफल भएको छ ।
कार्यालयको अनुसार अघिल्लो आर्थिक वर्ष २०७०÷ ०७१ मा ३१ हजार ५ सय ५७
जनाले जग्गा पास गराएका थिए । जसबाट २३ करोड ७६ लाख ८४ हजार ७ सय
रुपैयाँ संकलन भएको मालपोतका सूचना अधिकारी गौतमराज अमात्यले जानकारी
दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष जग्गाको मुल्यमा वृद्धी आएसँगै
राजस्वमा वृद्धी आएको सूचना अधिकृत आमत्यको भनाई छ । उहाँलले आर्थिक
वर्ष ग्रामिण क्षेत्रभन्दा शहरी क्षेत्रका मानिसले जग्गा पास गराउनेको संख्यासमेत
वृद्धी भएकोले राजस्वमा वृद्धी भएको बताउनुभयो ।

बिराटनगरमा बिजुली नहुदा जनजिवन कष्टकर

बिराटनगरमा बिजुली नहुदा जनजिवन कष्टकर !
by बिराट नगर न्युज
बिराटनगर १४ साउन ।

चर्को गर्मी , त्यसमाथि दिनमा मुस्किलले २-३ घण्टा मात्रै बिजुली आउँछ । आफै सोच्नुहोस अबस्था कस्तो होला ? बिराटनगरका बासिन्दाले यस्तो अबस्था भोगेको ३-४ दिन भयो । मानिसहरु राति घरमा गर्मीले सुत्न नसकेर सडकमा या घर बाहिर बस्न बाध्य भएका छन। बिराटनगर बिध्युत प्राधिकरण यस बिषयमा पन्छिने जवाफ दिदै आएको छ , कोहि लाईन मर्मतका कारण यस्तो भएको बताउछन् भने कोहि भोल्टेजको कारणले भएको गैरजिम्मेवारीपूर्ण जवाफ दिन्छन् प्राधिकरणमा । बिराटनगरबासिले प्राधिकरणमा यस बिषयमा कुरा गर्न जादा केही दिनमा सबै ठिक हुने जवाफ आएको थियो । बिजुलकै कारण व्यापार गर्न नसकेको भन्दै केही पसल बन्द भएका छन ।

Tuesday, July 28, 2015

सिटि सफारीका चालकले नगरपालिका घेराउ

सिटि सफारीका चालकले नगरपालिका घेराउ
by बिराट नगर न्युज

विराटनगर,  साउन ÷ दर्ता गरी सञ्चालन अनुमति दिनु पर्ने माग गर्दै विराटगनर उपमहानगरपालिका कार्यालयमा सिटि सफारीका चालकहरुले घेराउ गरेका छन् ।

बजारमा सिटि सफारीको माग बढेको र त्यसैका आधारमा खरिद गरी स्वरोजगारको प्रयास थालेका युवाहरुले सफारी दर्ता गर्न दवाव दिदै आएको छ । विराटनगर उपमहानगरपालिकाले प्रारम्भमा दुई सय सफारी दर्ता गरी बन्द गरेको थियो । त्यसपछि कतिपयले छिमेकी गाविसमा दर्ता गरी सञ्चालन गर्दै आएका छन् । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले विराटनगरको साघुरा बाटोमा जथाभावि सञ्चालन अनुमति दिने हो भने नया ट्राफिक समस्या आउने भएकोले अहिले दर्ता बन्द गरिएको बताउनुभयो । चालकहरुले भने आफुहरुलाई गरिखान दिनुपर्ने भन्दै दर्ता नगरेसम्म सडकमै प्रदर्शन गरेर आन्दोलन गरिरहने बताएका छन् । उनीहरुले स्वदेशमै रोजगार गर्छु भन्नेलाई सरकारले निरुत्साहित गरेको भन्दै विरोध गरेका छन्

मुलुक टुक्राउने धम्की दिने को हो त्यो अमरेश', विखण्डनको धम्कीबारे संसद्ले सरकारसँग जवाफ माग्यो

मुलुक टुक्राउने धम्की दिने को हो त्यो अमरेश', विखण्डनको धम्कीबारे संसद्ले सरकारसँग जवाफ माग्यो
by : बी एन एन |२०७२ साउन १२

काठमाडौं : मुलुक टुक्राउने धम्की दिने को हो त्यो अमरेश ? माग पुरा नभए मुलुक टुक्राउने भनी सभासद् अमरेशकुमार सिंहलगायत केही मधेसी नेताहरूले दिएको अभिव्यक्तिबारेमा  गंभीर आपत्ति जनाउँदै मंगलबारको बैठकमा सांसद्हरु निकै आक्रोशित मुद्रामा यसरी नै प्रस्तुत भए।

संसद्‍को मंगलबारको बैठकमा बोल्दै कांग्रेस, एमाले र अन्य दलका सभासद्हरुले विखण्डनको धम्की दिएको विषयमा सरकारसँग जवाफ माग गरेका छन्। संविधानसभाको संवैधानिक—राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एमाअवादी नेता बाबुराम भट्टराईसँगको अन्तरक्रियामा सहभागी अमरेश सिंहलगायतका मधेस केन्द्रित नेताहरूले नयाँ संविधानमा आफ्ना माग समावेश नभए विखण्डनको पक्षमा लाग्ने धम्की दिएका थिए।

यस्तो निन्दनीय र घृणित अभिव्यक्ति दिने सभासद् तथा नेतामा छानबनि हुनुपर्ने माग सांसदहरुले गरेका छन्। उनीहरुका प्रश्‍न थिए, संविधानसभामा रहेका अमरेशकुमारलाई मुलुक टुक्राउने धम्की दिने अधिकार कसले दियो ? यस्तो गम्भीर विषयमा उनी सम्वद्ध पार्टी र सरकार किन मौन छ ? सभासद्हरुले तत्काल जवाफ मागेका छन्।

कांग्रेसका रामहरी खतिवडा, एमालेका प्रकाश ज्वाला र नेमकिपाका अनुराधा पौडेललगायतले यो विषयलाई जोडदार रुपमा उठाएका छन्।कांग्रेसका सांसद खतिवडाले सभासद्‍समेत रहेका व्यक्तिबाट यस्तो धम्की आउनु सामान्य विषय नभएको बताउँदै भने, 'कसैले  देश टुक्राउँछु भन्दा सिंगो संसद् टुलुटुलु हेरेर बस्न सक्दैन। यसमा संसद् गम्भी हुनुपर्छ।

एमालेका प्रकाश ज्वालाले यस्तो निन्दनीय र घृणित अभिव्यक्तिबारे संसद्ले छानबिन गर्नुपर्ने र सरकारले जवाफ दिनुपर्ने बताए।नेमकिपाका अनुराधा थापामगरले यस्तो धम्की दिने अधिकार कसैसँग नरहेको बताउँदै भनिन् , को हो त्यो अमेरशकुमार सिंह, जसले खुलेयाम देश टुक्राउने धम्की दिएको छ। यसमा संसद् चुप लागेर बस्न हुँदैन। कांग्रेसले पनि स्पष्ट गर्नुपर्छ । सरकारले पनि जवाफ दिनुपर्छ।

मधेस केन्द्रित नेताहरूले संविधानको पहिलो मस्यौदालाई सम्पूर्ण रूपमै नसच्याउने हो भने मधेस स्वायत्त प्रदेश नभएर मधेस स्वायत्त राज्यको माग गर्नुपर्ने परिस्थिति उत्पन्न हुने बताएका थिए ।वीरगञ्ज तथा अन्य स्थानमा आयोजित सभामा पनि केही मधेसी नेताहरुले यस्ता अभिव्यक्ति दिदै आएका छन्।

इटहरीमा झडप, १२ घाइते

इटहरीमा झडप, १२ घाइते
by बिराट नगर न्युज
९ सेल अश्रु ग्यास प्रहार

काठमाडौं, श्रावण १२ - इटहरी–हिन्दूराष्ट्रको माग गर्दै इटहरीमा भएको प्रर्दशनमा प्रहरीले धर्मगुरु श्रीनिवासलाई पक्राउ गरेपछि भएको झडपमा १२ जना प्रर्दशनकारी र दुई प्रहरी घाइते भएका छन् ।

इटहरीको टेम्पो स्टेनमा धर्मगुरु सहितको जुलुसलाई प्रहरीले रोकेपछि झडप भएको थियो । झडपको क्रममा प्रहरीले ९ सेल अश्रु ग्यास प्रहार गरेको छ । लाठी चार्जबाट राप्रपा नेपालका इटहरी अध्यक्ष रामप्रसाद पोखरेल सहित एक दर्जन घाइते भएका छन् । पोखरेललाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

संविधानमा नेपाल हिन्दू राष्ट्र हुनु पर्ने र धर्म निरपेक्ष शब्द हटाइनु पर्ने माग गर्दै इटहरीमा चार दिनदेखि प्रर्दशन भइरहेको छ । झडपको कारण इटहरी बजार बन्द छ भने यातायात ठप्प भएको छ ।

बैद्धिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक कुमारबहादुर थापाले इटहरीमा प्रहरीले ज्यादती गरेको भन्दै घटनाको भर्त्सना गरेका छन् । उनले पक्राउ परेका धर्मगुरु श्रीनिवासको निशर्त रिहाईको माग समेत गरेका छन् ।

Ekantipur

Monday, July 27, 2015

मुलुकमा राजनितिक द्धन्द हुनसक्ने : उपेन्द्र यादव

मुलुकमा राजनितिक द्धन्द हुनसक्ने : उपेन्द्र यादव
by बिराट नगर न्युज

साउन ११ विराटनगर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमती सम्झौतालाई उल्टाएर संविधान जारी गरेमा मुलुकमा अर्को राजनितिक द्धन्द हुन सक्ने बताउनुभएको छ ।

सयुक्त मधेशी र्मोचाले विराटनगरमा आज गरेको विरोधसभालाइ सम्वोधन गर्नुहुदै अध्यक्ष यादवले, १६ वुदें सहमती केवल सत्ताप्राप्तिका लागी भएकाले त्यसलाइ टेकेर आएको मस्यौदा स्वईकार्य नहुने बताउनुभयो ।

कार्यक्रममा वोल्दै सद्भावनापार्टीका अध्यक्ष राजेन्द्र महत्तोले , अन्तरिम संविधानको भावना विपरित संविधानको मस्यौदा आएको आरोप लगाउनुभयो ।

अध्यक्ष महतोले मधेशी, आदीवासी , जनजाती मुसलिम , महिला तथा सवैवर्गको अधिकार शुनिश्चितगर्न विगतमा भएको सहमती सम्झौताको भावना अनुरुप संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा संघिय समाजवादी फोरमका उपाध्यक्ष रकम चेमजोङ्ग, तराइ मधेश लोकतान्त्रीक पार्टीका उपाध्यक्ष विर्खेस चन्द्र लालले जनतालाइ अधिकार सम्पन्न हुनेगरी संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

दीर्घायु अस्पतालले गलत औषधि खुवाएर मान्छे मारेर लास लुकायो (फोटोसहित)

दीर्घायु अस्पतालले गलत औषधि खुवाएर मान्छे मारेर लास लुकायो (फोटोसहित)
by: बी एन एन|अभिषेक भट्टराई
काठमाण्डु, १० असार– हाडजोर्नी सम्बन्धि रोगको बिरामीलाई गलत औषधी खुवाएपछि विधुत प्राधिकरणको हेड अफिसमामा कार्यरत कर्मचारीको आइतबार मृत्यु भएको छ । घुडा सम्बन्धि अपचारका लागि बिहान ७ बजे चावहीलको दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा आफै हिडेर गएका ४६ वर्षिय मदन बहादुर खत्रीलाई अनावश्यक औषधि खुवाइएको आफन्तले आरोप लगाएका छन् ।

काठमाण्डुको सुकेधारा घर भई उपचारका लागि दीर्घायु अस्पताल पुगेका खत्रीलाई अस्पतालका जुनियर डाक्टरले जाँच गरे । जाँच पछि उनीहरुले आफ्ना सिनियर डा. गोपाल रमण शर्मालाई फोन गरी औषधिबारे सोधे । शर्माले फोनबाटै औषधि विवरण दिए । बिहान खत्रीसँगै गएका आफन्तले दिउँसोसम्म अस्पतालमै बस्नु परेपछि जुनियरहरुलाई सक्नुहुन्न भने अन्यन्त्र लान्छौँ भन्दै आग्रह गरिरहेका थिए । तर, उनीहरुले तपाई डाक्टर कि हामी डाक्टर भन्दै खत्रीलाई केही नहुने बताए । आफन्तका अनुसार डा. शर्माले फोनमा भनेका आधारमा एउटा ट्ब्लेटको १५०० पर्ने ४ वटा टब्लेट एकैपटक चपाएर खुवाइयो । औषधि खानुअघि खत्री रामेसँग बोलिरहेका थिए । उनी पहिलेदेखि कुनै पनि रोगको सिकार थिएनन् ।

तर, औषभि खुवाएको १५ मिनेटपछि उनको आँखा बन्द भयो । उनी यस संसारबाट बिदा भए । मृतक खत्रीका भान्जा पे्रम कार्कीका अनुसार सामान्य रोगि आफ्ना मामालाई जे पायो त्यही औषधि खुवाएका कारण उनको मृत्यु हुन पुग्यो । डाक्टरसँग पटकपटक आग्रह गर्दा पनि वेवास्ता गर्दै बिहान ७ बजे जाँचका लागि गएका खत्रीलाई दिउँसो १ बजेसम्म राखियो । काठमाण्डु टुडेसँग कुरा गर्दै कार्की भन्छन्, ‘हामीले पटकपटक सक्नुहुन्न भने अन्यन्त्र लान्छौँ, के भएको हो ?, चारवटा औषधि एकैपटक खुवाउनै पर्ने हो र ? जस्ता प्रश्नहरु गरेका थियौँ तर, उनीहरुले उल्टै हामीलाई हपार्दै हामी डाक्टर हौँ तपाईहरु चुप लाग्नुस् भने ।’

सिनियर डा. शर्माको निर्देशनमा औषधि खुवाइयो र १५ मिनेट पछि १ः३० मा खत्रीको निधन भयो । घटनापछि आफन्तले बिरोध जनाए । तर, अस्पतालले उनलाई खुवाइएको औषधिको नाम लेखिएको बिल लुकायो । कार्कीले बताएअनुसार अस्पतालले गल्ती गरेका कारण आफ्नो गल्ती ढाकछोप गर्न खोज्दै छ । हाल मृतक खत्रीलाई आइसीयुमा राखिएको छ । उनलाई आफन्तसँग समेत भेट्न दिइएको छैन । आफन्तले आइतबार साँझसम्म अस्पतालमा नाराबाजी गर्दै घटनाको उचित छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । कार्की भन्छन्, ‘डाक्टरले लापरबाही गरे । एकछिन अगाडिसम्म हाँसखेल गरिरहेको मान्छेलाई एकैपटक चारवटा गलत औषधि खुवाएर मारे । उनीहरुको लाइसेन्स खारेज र कडा कारवाही हुनुपर्छ । यसरी हामी जस्तो अन्य कोही पीडित हुनु हुँदैन । यसको निष्पक्ष छानविनको माग गर्दछौँ ।’

घटनापछि अस्पतासँग पत्रकार सम्पर्कमा आउन खोज्दा अस्पताल सम्पर्कमा आउन चाहेन उल्टै अस्पतालले मेन गेटमै प्रहरी तैनाथ गरेर अस्पतालको प्रशासनमा छिर्न दिएन ।
-