Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 28, 2015

मुलुक टुक्राउने धम्की दिने को हो त्यो अमरेश', विखण्डनको धम्कीबारे संसद्ले सरकारसँग जवाफ माग्यो

मुलुक टुक्राउने धम्की दिने को हो त्यो अमरेश', विखण्डनको धम्कीबारे संसद्ले सरकारसँग जवाफ माग्यो
by : बी एन एन |२०७२ साउन १२

काठमाडौं : मुलुक टुक्राउने धम्की दिने को हो त्यो अमरेश ? माग पुरा नभए मुलुक टुक्राउने भनी सभासद् अमरेशकुमार सिंहलगायत केही मधेसी नेताहरूले दिएको अभिव्यक्तिबारेमा  गंभीर आपत्ति जनाउँदै मंगलबारको बैठकमा सांसद्हरु निकै आक्रोशित मुद्रामा यसरी नै प्रस्तुत भए।

संसद्‍को मंगलबारको बैठकमा बोल्दै कांग्रेस, एमाले र अन्य दलका सभासद्हरुले विखण्डनको धम्की दिएको विषयमा सरकारसँग जवाफ माग गरेका छन्। संविधानसभाको संवैधानिक—राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एमाअवादी नेता बाबुराम भट्टराईसँगको अन्तरक्रियामा सहभागी अमरेश सिंहलगायतका मधेस केन्द्रित नेताहरूले नयाँ संविधानमा आफ्ना माग समावेश नभए विखण्डनको पक्षमा लाग्ने धम्की दिएका थिए।

यस्तो निन्दनीय र घृणित अभिव्यक्ति दिने सभासद् तथा नेतामा छानबनि हुनुपर्ने माग सांसदहरुले गरेका छन्। उनीहरुका प्रश्‍न थिए, संविधानसभामा रहेका अमरेशकुमारलाई मुलुक टुक्राउने धम्की दिने अधिकार कसले दियो ? यस्तो गम्भीर विषयमा उनी सम्वद्ध पार्टी र सरकार किन मौन छ ? सभासद्हरुले तत्काल जवाफ मागेका छन्।

कांग्रेसका रामहरी खतिवडा, एमालेका प्रकाश ज्वाला र नेमकिपाका अनुराधा पौडेललगायतले यो विषयलाई जोडदार रुपमा उठाएका छन्।कांग्रेसका सांसद खतिवडाले सभासद्‍समेत रहेका व्यक्तिबाट यस्तो धम्की आउनु सामान्य विषय नभएको बताउँदै भने, 'कसैले  देश टुक्राउँछु भन्दा सिंगो संसद् टुलुटुलु हेरेर बस्न सक्दैन। यसमा संसद् गम्भी हुनुपर्छ।

एमालेका प्रकाश ज्वालाले यस्तो निन्दनीय र घृणित अभिव्यक्तिबारे संसद्ले छानबिन गर्नुपर्ने र सरकारले जवाफ दिनुपर्ने बताए।नेमकिपाका अनुराधा थापामगरले यस्तो धम्की दिने अधिकार कसैसँग नरहेको बताउँदै भनिन् , को हो त्यो अमेरशकुमार सिंह, जसले खुलेयाम देश टुक्राउने धम्की दिएको छ। यसमा संसद् चुप लागेर बस्न हुँदैन। कांग्रेसले पनि स्पष्ट गर्नुपर्छ । सरकारले पनि जवाफ दिनुपर्छ।

मधेस केन्द्रित नेताहरूले संविधानको पहिलो मस्यौदालाई सम्पूर्ण रूपमै नसच्याउने हो भने मधेस स्वायत्त प्रदेश नभएर मधेस स्वायत्त राज्यको माग गर्नुपर्ने परिस्थिति उत्पन्न हुने बताएका थिए ।वीरगञ्ज तथा अन्य स्थानमा आयोजित सभामा पनि केही मधेसी नेताहरुले यस्ता अभिव्यक्ति दिदै आएका छन्।

0 comments:

Post a Comment