Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 23, 2015

सेयर अकासियो एकैदिन ४० अंकको वृद्धि

सेयर अकासियो एकैदिन ४० अंकको वृद्धि

BY: BNN|काठमाडौ, श्रावण ७ - मौद्रिक नीतिमार्फत बैंकको पुँजी वृद्धि गर्नुपर्ने घोषणा भएलगत्तै सेयर बजार अस्वाभाविक रूपमा उकालो लागेको छ । बिहीबार २ बजेसम्म स्थिर रहेको बजार मौदि्रक नीति सार्वजनिक भएलगत्तै ४० दशमलव ३ अंकले बढेको थियो । यो वृद्धिसँगै नेप्से परिसूचक १ हजार ३ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से १ हजार माथि पुगेको एक वर्ष पछि हो ।

बिहीबार ५४ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्सेमा सूचीकृत १ सय ५२ संस्थाका ११ लाख ७७ हजार कित्ता सेयरको कारोबार भएको थियो ।

नेप्से वृद्धिमा बैंक तथा वित्तीय संस्थाको कारोबारको ठूलो हात छ । बैंकिङ क्षेत्रको नेप्से ५७ दशमलव २८ विन्दुले बढेको थियो । वित्त कम्पनी एवं बिमाको नेप्से ७१ दशमलव १२ विन्दुले बढेको थियो । १५ वटा कैंकको कारोबार ९ प्रतिशतभन्दा बढीले बढेको थियो । कारोबार बढी भएपछि स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, लुम्बिनी र एसबीआई बैंकमा सर्किट ब्रेक लगाउनुपरेको थियो ।

मौदि्रक नीतिमा बैंक तथा वित्तीय संस्थाले दुई वर्षभित्र चार गुणा पुँजी वृद्धि गरिसक्नुपर्ने उल्लेख छ । यो घोषणाले बैंकहरूलाई अग्राधिकार सेयर जारी गर्न बाध्य पार्ने अनुमानले बिहीबार सेयर अस्वाभाविक रूपमा बढेको हो । तर यो वृद्धि दिगो हुनेमा शंका छ । यसले पछिल्ला दिनमा नकारात्मक असर पार्न सक्ने सेयर विज्ञहरू बताउँछन् ।

0 comments:

Post a Comment