Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, July 17, 2015

‘मन्त्रीबाट राजीनामा मागे, ज्यान पनि जान सक्छ भनेर धम्की आयो’ (भिडियो अन्तर्वार्ता

‘मन्त्रीबाट राजीनामा मागे, ज्यान पनि जान सक्छ भनेर धम्की आयो’ (भिडियो अन्तर्वार्ता)


काठमाडौं, श्रावण १ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफू नेपालको सम्मृद्धिका निम्ति लागिपरेको भन्दै यसमा जस्तोसुकै अवरोध आएपनि सामना गर्न तयार भएको बताएका छन् ।
उनले आफूले डीभी/पीआर/ग्रीनकार्डसम्बन्धी कुरा उठाउँदा विरोध गर्नेहरु पनि अहिले उक्त विषयमा सकारात्मक रहेको बताए । इमेज टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘अलगधार’माकुरा गर्दै मन्त्री पण्डितले डीभी/पीआर/ग्रीनकार्डसम्बन्धी व्यवस्था आउँदै गर्दा केही राष्ट्रसेवकले अन्य कारण देखाइ राजीनामा दिएको बताए । यसबारे यथार्थ तथ्यांक सार्वजनिक गर्ने उनको भनाइ छ ।
उनले भने–‘मैले सानो काम गरेको हुँ, राष्ट्रका निम्ति यसले परिणाम ठूलो दिन्छ ।’
मन्त्री पण्डितले यसअघिका मुख्यसचिवले मुख्यसचिव भएकै बेला, प्रधानन्यायाधीशले प्रधानन्यायाधीश भएकै बेला, राजदूतले राजदूत भएकै बेला डीभी/पीआर लिएको खुल्न आएकोसमेत बताए । यद्यपि, उनले ती व्यक्तिहरुको नाम भने खुलाएनन् ।
‘नेपालको इज्जत फाल्नेहरुलाई नेपालीले इज्जत गर्नु हुँदैन’–उनले भने ।
आफूले डीभी/पीआरको कुरा उठाउँदा मन्त्रीबाट राजीनामा मागिएको र आफूलाई ज्यान पनि जानसक्छ भनेर धम्की आएको पनि कुराकानीका क्रममा उनले स्मरण गरे ।
उनले सरकारी राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने पनि बताए ।
‘नेपाली हौं भन्ने आत्मगौरव गरौं, आफ्नो ड्युटी निर्वाह गरौं, नेपाल बनाउने जिम्मेवारी हाम्रै हो’–मन्त्री पण्डितले भने ।

उनले आफू औपचारिक जापान भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्रीले ‘नेपालीलाई धनी हुन मनै छैन’ भनेर नेपालसम्बद्ध गरेको टिप्पणीको पनि स्मरण गरे ।
मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी, डीभी/पीआरसम्बन्धी नयाँ ऐनलगायतका विषयमा केन्द्रित रहेर ‘अलगधार’मा आफ्ना कुरा राखेका हुन् । (पूरा अन्तर्वार्ताका लागि भिडियो हेर्नुहोस्) ।

0 comments:

Post a Comment