Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 27, 2015

मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार

मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार
by बिराट नगर न्युज
सुनसरी, साउन ११ गते।

सुनसरीको दुहबीमा आईतवार मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरिएको छ।

ईलाका प्रहरी कार्यालय दुहवी, सामुदायीक प्रहरी सेवा केन्द्र दुहवी र माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहवीको संयुक्त पहलमा बिगत ६\७ वर्ष देखी दुहबीको भलुवा नगरपालीका ३ स्थित बजार क्षेत्रमा मानसिक सन्तुलन गुमाई बेवारीसे अवस्थामा हिड्ने अन्दाजी ३२ बर्षिया दुर्गा चौधरीको उद्धार गरीएको छ। सो महिलालाई स्थानिय गाउँघरमा सामान्य उपचार पश्चात वि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको मानसिक बिभागमा थप उपचारका लागी पठाईएको छ।

0 comments:

Post a Comment