Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 23, 2015

नासाका वैज्ञानिकले पत्ता लगाए "दोस्रो पृथ्वी"

नासाका वैज्ञानिकले पत्ता लगाए "दोस्रो पृथ्वी"

By: BNN|८ साउन।नासाको केप्लर नामको ग्रह खोज्ने अन्तरिक्ष यानले पृथ्वीको आकारको दोस्रो ग्रह पत्ता लगाएको छ, जसलाई केप्लर ४५२ बी नाम दिइएको छ । यो ग्रह सौर्यमण्डल भित्रै रहेको र यसमा पानी भएको सम्भावना भेटिएको पनि वैज्ञानिककले जनाएका छन् । यस खोजको बारेमा जानकारी दिन बिहीबार नासाले पत्रकार सम्मेलन पनि गरेको थियो । शोधबाट मिलेको संकेतअनुसार पृथ्वीमा जस्तै यो ग्रहमा पनि चट्टान हुनसक्ने अनुमान गरिएको छ । पृथ्वीभन्दा बाहिर जीवन खोजने नासाको प्रयासमा यो खोज महान् हुने ठानिएको छ । केप्लर टेलिस्कोपले अहिलेसम्म १००० भन्दा बढी नयाँ ग्रह पत्ता लगाइसकेको छ र ३००० भन्दा बढी ग्रहलाई जीवनको लागि सम्भावना बोकेको ग्रहमा सुचीकृत गरिसकेको छ। एजेन्सी ।

0 comments:

Post a Comment