Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 23, 2015

कटहरीबाट पेस्तोल सहित एक पक्राउ

कटहरीबाट पेस्तोल सहित एक पक्राउ
by बिराट नगर News
विराटनगर, ७ साउन : प्रहरीले मोरङको कटहरीबाट पेस्तोल सहित पक्राउ परेका एकजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले विराटनगर उपमहानगरपालिका वडा नम्बर १० का २६ वर्षीय अमरकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गएको मंगलबार कटहरी आदर्शनगरमा शंकास्पद अवस्थामा हिंडडुल गरिरहेको अवस्थामा प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट यूएसए ७ प्वाइन्ट ६५ लेखिएको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । अभियुक्तविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ

0 comments:

Post a Comment