कोशीको स्टोरमा औषधि अभाव कायमै
by बी एन एन
विराटनगर २६ असार । औषधि सकिएको झन्डै एक वर्ष बित्न लाग्दासमेत कोसी अञ्चल अस्पताल विराटनगरको मेडिकल स्टोरमा औषधिको अभाव कायमै छ । आर्थिक अभावका कारण आव २०७१र०७२ देखि कोसी अञ्चल अस्पताल विराटनगरको मेडिकल स्टोरमा औषधि आयात हुन नसकेपछि औषधिको अभाव भएको हो । सामाजिक सेवा इकाईमार्फत विपन्न, गरिब, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम वृद्धवृद्धालाई निःशुल्क औषधि वितरण गर्दै आएको थियो । तर २०७१ साल साउनदेखि नै सरकारले निःशुल्क औषधि वितरणका लागि बजेट नपठाउँदा विपन्न समुदायले निःशुल्क औषधि पाउन सकेका छैनन् ।
ob
Sunday, July 12, 2015
कोशीको स्टोरमा औषधि अभाव कायमै
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment