Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 16, 2015

एसडी मुनीले भने-लिपुलेक नेपालको होइन

एसडी मुनीले भने-लिपुलेक नेपालको होइन

by:बी एन एन|२०७२,१ साउन, काठमाडौ । भारतीय प्रोफेसर तथा कुटनीतिज्ञ एसडी मुनीले लिपुलेक नेपालको नभएको बताएका छन् ।
नेपालको राजनीति घटनाक्रम र नेपाल-भारत सम्बन्धबारे लामो समयदेखि लेख्दै र बोल्दै आएका भारतीय प्रोफेसर मुनीले नयाँ पत्रिकासँगको कुराकानीमा लिपुलेक नेपालको भूमि नभएकाले नेपाललाई सोध्नु नपर्ने बताएका छन् ।
उनले नेपालको विवादित ठाउँ लिपुलेक नभइ कालापानी भएको उल्लेख गर्दै लिपुलेक चीनमा पर्ने दाबी गरेका छन् । ‘लिपुलेक त्रिदेशीय विन्दुको छेउमा छ । जुन हिस्सा भारत र चीनसँग छ, त्यसमा दुबै मुलुकले सम्झौता गरे । यसमा नेपाललाई केही असर नै पर्दैन, किन नेपाललाई सोध्नुपर्ने ?’ मुनीले भने ।
नेपालको दाबी कालीनदीको मुहान लिम्पियाधुरासम्म छ । नेपालले आफ्नो भनिरहेको र भारतले पनि वार्ता गर्रौ भनिरहेको जमीनमा भारतले र चीनले सम्झौता गर्न मिल्छ भन्ने प्रश्नमा मुनीले लिपुलेकमा जमीन लेनदेनको सम्झौता नभएको बताएका छन् । जमिन कसैलाई नदिइएको र त्यो सम्झौता यात्रीहरुको आवतजावतका लागि मात्रै भएको उनले बताए । कैलाश मानसरोवर जाने यात्रीहरुलाई जानका लागि बाटो खुलाइएको जमीनको कुने लेनदेन नभएकाले यो दाबी नेपालले चीनसँग गर्नुपर्ने पनि उनले स्पष्ट गरेका छन् ।
नेपाल केवल भारतका लागि बढी सेन्सेटिभ भएको दोस्रो देशका लागि नभएको चीनका लागि नेपाल संवेदनशील नभएको पनि मुनीको आरोप छ ।

0 comments:

Post a Comment