Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 20, 2015

गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
by BNN

विराटनगर ३ साउन ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–७ मा गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी–४ निवासी ५१ वर्षीय अच्यूत ढुङ्गाना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ढुङ्गानाले चलाएको मे६प ६०५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ४९४९ नम्बरको बसले उछिन्न खोज्दा आज बिहान ९ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको विर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

0 comments:

Post a Comment