Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

१३ हजार भन्दा बढी सवारी साधन कारवाहीमा

१३ हजार भन्दा बढी सवारी साधन कारवाहीमा

by बी एन एन| इलाम, २८ असार ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारी नियम उल्लङ्घन गर्ने १३ हजार २५० सवारीसाधनबाट एक वर्षमा ४२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिकले चालु आवको साउनदेखि असारसम्ममा सवारीसाधनलाई कारबाही गरी ४२ लाख २६ हजार ९८० रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

विगतको तुलनामा यस वर्ष सबैभन्दा बढी राजस्व सङ्कलन भएको ट्राफिकले जनाएको छ । आव २०६८/०६९ मा सात लाख ३१ हजार ३५०, आव २०६९/०७० मा १२ लाख ४६ हजार ५० र गत आवमा २४ लाख ४२ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

राजमार्गमा नियमविपरीत चलेका सवारीसाधनमाथि नियमित जाँच गर्न थालेपछि राजस्व सङ्कलन बढेको हो ।

चालु आवमै मापसे गरी सवारी चलाउने १५० भन्दा बढी चालकबाट रु डेढ लाख थप राजस्व सङ्कलन गरेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिए ।

बिना लाइसेन्स, क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुबाहकमा सामान ओसारे, बिना कागजात सवारी चलाएमा एक हजार जरिवाना गर्दै आएको छ ।

छ लाखका सामग्री प्रदान

यसैगरी घरेलु तथा साना उद्योग विकास समितिले इलामका ३५ जना उद्योगी, व्यवसायी र किसानलाई छ लाख मूल्य बराबरका सामग्री प्रदान गरेको छ ।

घरेलुले यो वर्ष ग्रासकटर, चिलिङभ्याट, मौरीको घार, सिलाइकटाइ मेसिन, आइरनलगायतका सामग्री प्रदान गरेको हो ।

उपयुक्त प्रविधि हस्तान्तरण समितिले १५ हजारदेखि २३ हजारसम्मका सामग्री प्रदान गरिएको समितिका शाखा अधिकृत सुनिल आचार्यले बताए ।

व्यवसाय गर्न चाहनेका लागि घरेलुले सिलाइकटाइ, मौरीपालनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ । उद्योगी तथा किसानबाट प्रस्ताव माग गरी घरेलुले सामग्री प्रदान गरेको हो ।

जिल्लाको लक्ष्मीपुर, नामसालिङ, चिसापानी, बरबोटे, सोयाङ, मङ्गलबारे, गोदकलगायतका गाविसमा सामग्री प्रदान गरिएको हो ।

0 comments:

Post a Comment