Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 23, 2015

बाँदरलाई प्रहार गरेको गोली मान्छेलाई लाग्दा एकको मृत्यु

बाँदरलाई प्रहार गरेको गोली मान्छेलाई लाग्दा एकको मृत्यु
by बिराट नगर News
धनकुटा, श्रावण ८ गते।

धनकुटाको मौनाबुधुकमा बिहिवार गोली प्रहारबाट एक पुरुषको मृत्यु भएको छ।

अपरान्ह करिब ७ बजे मौनाबुधुक १ का नन्दलाल राईले आफ्नै बारीमा रहेको आपको बोटमा आएको बाँदरलाई भरुवा बन्दुकले गोलीले प्रहार गर्दा स्थानिय ६६ बर्षिय धन बहादुरलाई लाग्न गई घटनास्थलमै मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई गोली प्रहार गर्ने नन्दलाल राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएका छन्।

0 comments:

Post a Comment