Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 14, 2015

कोशी नदीमा डुङा डुब्दा २ बेपत्ता

कोशी नदीमा डुङा डुब्दा २ बेपत्ता
by बी एन एन|सुनसरी, आषाढ २९

सुनसरीको प्रकाशपुर ५ स्थित कोशी नदीमा डुङगा डुब्दा दुई जना बेपत्ता भएका छन्।

कोशी पारी श्रीलंका टापुमा दाउरा लिन तथा खेतीपातीकालागी जान स्थानीय चढेको डुङगा प्रकाशपुर ४ मा आज बिहान १२ बजेतिर डुबेको हो। डुङामा सवार १७ जना मध्ये १५ जनालाई सकुशल उद्दार गरिएको छ भने प्रकाशपुर ४ की २७ वर्षिया रिता चन्द्रवंशी र सोही ठाउँ बस्ने २५ वर्षिय पवन चन्द्रबंशी बेपत्ता भएका छन्।

घटनास्थलमा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको टोलीले हराई रहेका डुङगा र मानिसहरुको खोजी गरिरहेका छन्।

0 comments:

Post a Comment