Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

बिराटनगर चाँदनी चोक स्थित पुस्तकालयमा डोजर चल्यो

बिराटनगर चाँदनी चोक स्थित पुस्तकालयमा डोजर चल्यो
by बी एन एन'विराटनगर, २८ असार : स्थानीयको विरोधका बाबजुद विराटनगर उपमहानगरपालिकाले विराटनगर–६ चाँदनी चौकमा  अवस्थित शिरोमणी पुस्तकालय सोमबार भत्काएको छ । सडक साँघुरो भएको भन्दै २०४५ सालमा निर्मित शिरोमणि पुस्तकालय उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो । स्थानीयले पटक–पटक नभत्काउन अनुरोध गरे पनि उपमहानगरपालिकाले सडक विस्तार गर्ने भन्दै भत्काएको उनीहरुले  बताएका छन् । उनीहरुले तत्काल शिरोमणि पुस्तकालय भएको स्थानमा मन्दिर बनाउन पनि माग गरेका छन् । यता विराटनगर उपमहानगरपालिकाका इन्जिनियर अनिल सिंहले भने विकास निर्माण र सडक फराकिलो बनाउने अभियानअनुरुप शिरोमणि पुस्तकालय भत्काएको बताउनुभयो । स्थानीयको मागअनुसार सो ठाउँमा रमणीय फाउन्टेन पार्क बनाउने योजना रहेको उहाँले बताउनुभयो । शिरोमणि पुस्तकालय भत्काउँदा नगररक्षक, प्रहरी प्रशासन, स्थानीय र उपमहानगका कर्मचारीहरुको सहभागिता थियो ।

0 comments:

Post a Comment