Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 14, 2015

बृद्धभत्ता एक हजार, यी क्षेत्रमा यसरी छुट्याइयो बजेट

बृद्धभत्ता एक हजार, यी क्षेत्रमा यसरी छुट्याइयो बजेट
By:बी एन एन|July 14, 2015
काठमाडौं । १९ सय ४२ किलोमिटर नया ट्याक खोल्ने, ७ सय ९५ सडक कालोपत्रे गरिने र १७० पुल बनाउने प्रतिवद्धता बजेट ५४ अर्ब विनियोजन ।
विद्यूत प्रसारणलाइन निर्माणमा १२ अर्ब विनियोजन । रेमिटान्सलाई उत्पादनशील क्षेत्रमा लागानी गराउन रेमिटा हाइड्रोको कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
प्रासारण लाईन निर्माणका लागि साढे १२ अर्ब छुट्याइएको छ । भूकम्प प्रभावित १४ जिल्लालाई मोवाइ चार्च गर्न र बत्ति बाल्न सौर्य उर्जा जडानका लागि ४ अर्ब विनियोजन गरिएको छ । शहरी क्षेत्रमा सौर्य उर्जा जडान गर्नका लागि ४५ करोड विनियोजन ।
ठाउँ भने छुट्याइएको छैन । राष्ट्रिय राजमार्गमा अनियन्त्रित बस्ती विस्तार रोक्न राजमार्गको दुबैतर्फ बराबर गरिनेछ । थानकोट नौनकोट सुरुङ मार्ग आगामी वर्षबाट निर्माण सू गरिने । १ अर्ब ६७ करोड विनियोजन ।
कृषि तथा ग्रामिण सडक सञ्जाल निर्माण गर्ने १५ अर्ब विनियोजन । तीन वर्षभित्र ग्रामिण विद्युतीकरण गरिसक्ने, ३ अर्ब विनयिोजन । बैंकिङ क्षेत्रबाट ऋण लिएर शीतघर सञ्चालन गर्न चोहमा सरकारले शतप्रतिशत व्याज अनुदान दिने ।
कृषि अनुसन्धानका लागि २ अर्ब ५० करोड विनियोजन । आगामी पाँच वर्षभित्रमा देशका सबै खेतीयोग्य जमिनमा सिँचाई पुर्यारइने । सूर्यबिनायक धुलिखेलको बाटोलाई ६ लेनको बनाउन १ अर्ब बजेट विनियोजन । आगामी दुई वर्षभित्र मेलम्ची आयोजना सम्पन्न गरिने छ ।
यसअघि ०७३ बैशाख १ गते काठमाडौंमा पानी झार्ने बताइएको थियो । मेलम्ची आयोजनाका लागि सरकारले ४ अर्ब ९५ करोड विनियोजन भएको छ ।
बृद्धभत्ता मासिक एक हजार । ९ लाख १२ हजार सात सय ६४ जेष्ठ नागरिकलाई फाइदा । भुकम्पपछिको बजेट भएपनि पुर्ननिर्माणसंगै ठुला पुर्वाधार, कृषि सुधार र जलविद्यूतमा ठुलो लगानी । नदी नियन्त्रण कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ । भूउपयोग सम्बन्धि नयाँ कानुन ल्याएर कार्यान्वयनमा ल्याइने छ ।
१९ सय ४२ किलोमिटर नया ट्याक खोल्ने, ७ सय ९५ सडक कालोपत्रे गरिने र १७० पुल बनाउने प्रतिवद्धता बजेछ ५४ अर्ब ।

0 comments:

Post a Comment