Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

झापा पुगे प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष चार नेता

झापा पुगे प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष चार नेता
by बी एन एन |बिराटनगर असार २८
प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष चार नेता झापा पुगेका छन् । प्रधानमन्त्री कोइरालासँगै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार झापा पुगेका हुन् । भद्रपुर नगरपालिका–१० मा बन्ने गिरिजाप्रसाद स्मृति सभा गृहको शिलान्यासको लागि नेताहरु त्यहाँ पुगेका हुन् । आज चारै जनाले संयुक्तरुपमा सभागृहको शिलान्यास गर्ने कार्यक्रम छ ।
जिल्ला विकास समितिले १६ करोडको लागतमा सभागृह बनाउन लागेको हो । सभागृहको परिसर करिब तीन बिगाहा क्षेत्रफल रहेको छ । सभागृह तीन बर्ष्भित्र बनाइसक्ने लक्ष्य छ ।

0 comments:

Post a Comment