Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 27, 2015

बोल्दाबोल्दै ढलेका भारतका पूर्वराष्ट्रपति कलामको निधन

बोल्दाबोल्दै ढलेका भारतका पूर्वराष्ट्रपति कलामको निधन
by:BNN
एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको उपचारकोक्रममा सोमबार साँझ निधन भएको छ ।
भारतको सिलोङमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताकोरुपमा उपस्थित भएका कलाम बोल्दाबोल्दै बेहोस भएका थिए ।
‘मिसाइल मेन’को नामले चिनिएका ८४ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो ।

0 comments:

Post a Comment