Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, July 18, 2015

प्रचण्ड पत्नी सीताको झोलाले झमेला-झोलामा झुण्डिएको टयाग नै नझिकिएपछि

प्रचण्ड पत्नी सीताको झोलाले झमेला-झोलामा झुण्डिएको टयाग नै नझिकिएपछि
By: बी एन एन|२ साउन, काठमाडौं

विदेश भ्रमणमा जाँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमेसा पत्नी सीता दाहाललाई साथमै लिएर हिड्ने गरेका छन् । अन्तर्राष्ट्रिय रुपमा हुने कार्यक्रमदेखि लिएर पार्टीले आयोजना गर्ने अधिकाशं कार्यक्रममा प्रचण्डसँगै सीता पनि सहभागी हुन्छिन् । दस बर्षे जनयुद्धको समयमा झण्डै पूरै समय प्रचण्डको दुःख–सुखमा साथ दिएकी सीता पार्टीको सल्लाहकार समितिको सदस्यको जिम्मेवारीमा समेत छिन्।

प्रचण्डसँग सीता दाहालको यो पहिलो भारत भ्रमण भने होइन। प्रचण्डसँग उनले विभिन्न देशका विशिष्ट व्यक्तिहरुसँग भेटघाटमा सहभागी भएकी पनि छिन् । सीता जहाँ हिड्दा पनि सामान्य पहिरनमा हिड्ने गरेकी छिन् । प्रचण्डसँग कार्यक्रममा सहभागी भएपनि उनले सार्वजनिक रुपमा भाषण गर्ने गरेकी छैनन्। प्रचण्डसँग प्रायजसो औपचारिक समारोहमासँगै देखिने सीता अन्य नेताहरुसँग खासै कुराकानी गर्न चाहन्नन् । सीताले जनयुद्धलाई राम्रोसँग भोगेकी छिन् । जनयुद्धको बेला आफ्नो पारिवारिक खुसी र निजी जीवन समेत त्यागेकी छिन् ।
सर्वहारा पार्टीको अध्यक्षको श्रीमती भएर हातमा सुनको बाला लगाएर बेलाबेलामा चर्चामा आउने गरेकी प्रचण्ड पत्नी सीता यस पटक भारत भ्रमणको क्रममा झोलाको कारण सबैको ध्यान खिचिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डबीच भएको भेटमा प्रचण्ड पत्नी सीता दाहाल पनि सहभागी थिइन ।

झोला महिलाहरुको हातको सवक हो। औपचारिक समारोहमा महिलाहरु झोलाको साथ प्रस्तुत हुने गर्छन । प्रचण्ड र मोदीसँगको भेटमा सीता पनि झोला सहित सहभागी भइन । तर झोला जसरी बोक्नु पर्ने हो त्यसो गरी नबोकेपछि भेटमा सहभागी टोलीहरुको बीचमा मुखामुख भयो । प्रचण्ड र मोदी एक आपसको कुर्सीमा बसेका छन् भने पत्नी सीता अलिवर हात बाधेर झोलाको साथ बसेको देखिन्छ । विशिष्ट व्यक्तिहरुसँगको भेटघाटमा हात तल झार्ने र झोला हातमा समातेर उभिने प्रचलन भएपनि सीताले झोला नराखेको देखिएको छ ।

झोलामा झुण्डिएको टयाग नै नझिकिएपछि….
असार २९ गते प्रचण्ड भारतको भ्रमणमा जाने भएपछि दिउसो दिन बजे एरपोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । प्रचण्डको साथमा पार्टीका नेताहरुसँगै सीता दाहाल पनि बसेकी थिइन ।

माला पहिरिएर प्रचण्डसँग बसेकी उनले एउटा झोला पनि साथमै बोकेकी थिइन । एरपोर्टभित्र नछिर्दै सीता दाहालको नयाँ झोलामा भर्खरै किनिएको झोलाको ट्याग झिकिएको थिएन ।

जुन विषय पत्रकार सम्मेलनमा पनि पत्रकारहरुमात्र चर्चाको विषय बनेको थियो। सीताले विशिष्टहरुसँग भेटदा आफ्नो सरलता प्रस्तुत गरेको हो कि शिष्टचार नबुझेको हो ?नेपाली हेडलाइन्स

0 comments:

Post a Comment