Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, July 29, 2015

हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन
by बिराट नगर न्युज
विराटनगर, १३ साउन : नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । मेनरोडस्थित सत्यनारायण मन्दिर अगाडिबाट निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । स्वधर्म संस्कृति संरक्षण अभियान, सनातन धर्म सेवा समिति, सनातन हिन्दूराष्ट्र जागरण अभियान, विराट धर्म संरक्षण समिति र सनातन हिन्दू युवा संरक्षण समितिसहित झण्डै एकदर्जन हिन्दूवादी संघ संस्थाले ¥यालीसहित प्रदर्शन गरेका हुन् । ¥यालीलाई प्रहरीले अवरोध गर्न खोजे पनि प्रदर्शनकारी प्रहरीको अवरोध तोड्दै अगाडि बढेका थिए । उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरे । ¥यालीपछि जनआन्दोलन चोकमा भएको कोणसभामा बोल्दै सनातन हिन्दूराष्ट्र जागरण अभियान नेपालका संयोजक तिलक रिजालले विदेशीको इशारामा देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी गर्नुभयो । कार्यक्रममा वृन्दावन निवासी भागवत शरणदेव महाराज, स्वामी कमलनयनाचार्य र श्याम पौडेललगायतका वक्ताले आफूहरुको आन्दोलनमा विश्वका ३ अर्ब बढी हिन्दूहरुको साथ रहेको दाबी गर्नुभयो । कार्यक्रमका वक्ताहरुले इटहरीमा मंगलबार भएको धडपकडको भत्र्सना गर्दै बिहीबारका लागि आह्वान गरिएको विराटनगर बन्द सफल गर्न आग्रहसमेत गरेका थिए । कार्यक्रममा लक्ष्मीनारायण मन्दिर विराटनगरका मठाधीश स्वामी प्रपन्नाचार्यसहित विभिन्न संघसंगठन र सर्वसाधारणको सहभागिता थियो ।

0 comments:

Post a Comment