Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, July 11, 2015

कलेज ले आफै तोक्छ्न uniform को पसल

कलेज ले आफै तोक्छ्न uniform को पसल।

बी एन एन|असार २६|अधिकांश अभिभावक यति बेला एएसएलसी उत्तीर्ण गरेका छोराछोरीका लागि राम्रो कलेज खोजेर भर्नाको चटारोमा छन्। कलेज भर्नासँगै उनीहरूलाई थप झमेला छ पोसाकको। कलेजले कुपन काटेर पोसाक किन्नका लागि पसल तोकिदिँदा अभिभावकहरू छक्क परेका छन्।
विद्यार्थी तान्न बढी प्रचारमुखी बन्दै गएका उच्च माध्यमिक विद्यालयहरूले नयाँ भर्नासँगै पोसाकमा कार्टेलिङ गरेका छन्।
यहाँका नाम चलेका कलेजहरूले भर्ना हुन गएका विद्यार्थीहरूलाई पोसाक किन्नका लागि पसलको कुपन वितरण गरिरहेका छन्। ‘छोराको भर्नाका लागि अरनिको कलेज गएको थिएँ, भर्नासँगै पोसाक किन्नका लागि पसलको कुपन थमाइयो,’ एक अभिभावकले भने, ‘किताबमा त सुनेको थिएँ, पोसाकमा पनि कार्टेलिङ हुन थालेछ।’ शिक्षक तथा व्यवस्थापन समितिका सदस्यले विद्यार्थीलाई आफूले भनेको पसलबाट पोसाक किन्न बाध्य बनाएका छन्। हरेकले एकपटकमा २ जोर पोसाक अनिवार्य किन्नुपर्छ। पूर्व क्षेत्रमा सामुदायिक र निजी गरी ७ सय १७ वटा उच्च मावि छन्।
कलेजले तोकेका पसलमा अन्यत्रभन्दा मूल्य बढी छ। तर पनि कलेजले तोकेको पसलमा नै उनीहरू पोसाकका लागि कपडा किनिरहेका छन्।
विराटनगरको मुख्य सडकमा केही कलेजका शिक्षकहरूले पोसाकका लागि कपडा पसल नै खोलेका छन्।
हिसान मोरङका अध्यक्ष बलराम पन्तका अनुसार पसलहरूले कलेजमा गएर पहिल्यै ‘मार्केटिङ’ गर्ने गरेकाले विद्यार्थी र अभिभावकलाई सजिलोका लागि त्यसो गरिएको हो। बजारमा सबैतिर पाइने भएकाले तोकिएकै पसलबाट किन्नुपर्ने बाध्य नबनाइएको उनको दाबी छ।

0 comments:

Post a Comment