Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 21, 2015

सिमांकनसहितको संविधान: मन्त्री डा रिजाल

सिमांकनसहितको संविधान: मन्त्री डा रिजाल
By:BNN
काठमाडौं, श्रावण ६ -

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिमांकनसहितको संविधान जारी गर्नुपर्ने बताएका छन् ।

'एक/दुई दिन ढिलो गरेर केही हुँदैन्, तर हतारोमा संविधान जारी गर्दा समस्या हुन्छ । संविधान जारी गरौँ तर सिमांकनसहितको गरौं', उनले भने ।

सुझाव सङ्कलन गरेर ताप्लेजुङबाट फर्किने क्रममा आज बिहान इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले जनताले दिएका अमूल्य सुझावको कदर गर्दै सङ्घीयतासहितको संविधान जारी गर्नुपर्नेमा जोड दिए । जनताले धेरै किसिमका सुझाव दिएका छन्, सबैको गहन अध्ययन र विश्लेषण गरेर संविधानमा समेटिने उनले बताए ।

मस्यौदामा रायसुझाव दिन समय नपुगेको भने जनताको गुनासोप्रति मन्त्री रिजालले मस्यौदामा जनताका रायसुझाव लिने समय केही लामो बनाउनुपर्थ्यो, तर हतारोमा भए पनि राम्रै सुझाव आएका छन्, केही त्रुटि अवश्य भएकै हो,' मन्त्री रिजालले भने, 'प्राप्त सुझावलाई विस्तृत अध्ययन, विश्लेषण गरेर संविधानमा समाहित गर्नु मुख्य कुरा हो ।'

बारम्बार लेख्नुपर्ने खालको संविधान लेख्नु नपरोस् भनेर एक/दुई महिना ढिलै भए पनि सिमांकनसहितको संविधान जारी गर्न सबैले कसरत गर्नुपर्ने मन्त्री रिजालले बताए । उनले भने, 'सिमांकनसहितको संविधान जारी गरेमा असन्तुष्ट दल पनि सहमतिमा आउँछन् ।'

एक फरक प्रसङ्गमा मन्त्री रिजालले संविधान बनेपछि तत्काल प्रधानमन्त्री, राष्ट्रपति पाउने आशामा हतारोमा काम भइरहेको समेत बताए । हतार गर्नुभन्दा केही समय लिएर भए पनि दिगो, लोकतान्त्रिक र सबैलाई मान्य हुने संविधान जारी गर्न सकेमा त्यो नेपाल र नेपाली जनताको हितमा हुने र त्यसले दिगो शान्ति कायम गर्ने सञ्चार मन्त्री रिजालको भनाइ थियो ।

0 comments:

Post a Comment