Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 21, 2015

तातोपानी भन्सार प्रमुखले अर्थमन्त्रीकी पत्नीका लागि प्रति ट्रक एक लाख घुस लिएको खुलासा

तातोपानी भन्सार प्रमुखले अर्थमन्त्रीकी पत्नीका लागि प्रति ट्रक एक लाख घुस लिएको खुलासा
Posted By: BNN| July 21, 2015
काठमाडौं, ५ साउन । विनाशकारी भूकम्पपछि भन्सार कार्यालय बन्द भएकोले चीनतर्फ रोकिएका ३ सय ४० मालबाहक ट्रकका सामान अति न्यून भन्सार शुल्क लिएर छाडिएको छ । एक ट्रक बराबर ५ लाख रुपैयाँ शुल्क लिनुपर्नेमा भन्सार प्रमुख दिव्यराज पोखरेलले १ लाख रुपैयाँमात्र लिएर छाडेको खुलासा भएको छ । भन्सार प्रमुख पोखरेलले प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून मूल्यांकन गरी ती ट्रक छोडेर करोडौं रुपैयाँ राजस्व मार्ने काम गरेका छन् । ३४० ट्रकमा ३२२ मात्र चेकजाँच गरिएको थियो । १८ वटा ट्रक चेकजाँच नै नगरी छाडिएको स्रोतले बतायो । भन्सार प्रमुख पोखरेलले १५६ वटा मालवाहक ट्रकमा सामान ल्याउने व्यापारीहरुलाई घरमै बोलाएर प्रतिगाडी घुसको दररेट तय गरी तोक आदेश गरेका थिए । अख्तियार दुरुपयोग अनुन्धान आयोगले छानविन गर्ने हो भने एयरपोर्टस्थित भन्सार कार्यालयको रेकर्डमा १६६ वटा ट्रकको मात्र प्रज्ञानपत्रमा तोक लगाइएको फेला पर्नेछ । असार २७ गते घरमै व्यापारी बोलाएर अर्थमन्त्री डा. रामशरण महतकी श्रीमतीलाई छुट्टै र कांग्रेसको महाधिवेशनको लागि सहयोग गर्नुपर्छ भनेर व्यापारीसँग प्रति ट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून भन्सार शुल्क लिएर सामान छाडेको स्रोतको भनाई छ । मन्त्रीको श्रीमती र कांग्रेसको महाधिवेशनको लागि सहयोग भनेर दररेट तोकी घुस लिएर तोक लगाएका पोखरेलले आफू पानीमाथिको ओभानो बन्न दूधको साक्षी बिरालो भनेझैं राजस्व अनुसन्धान विभागका दुई निर्देशक मदन दाहाल र कमल राजलबटलाई पनि सामेल गराएका थिए । नन स्टप खबर

0 comments:

Post a Comment