Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 27, 2015

विराटनगरका सिटी सफारी चालकहरु आन्दोलित

विराटनगरका सिटी सफारी चालकहरु आन्दोलित
by बिराट नगर न्युज
विराटनगर, १० साउन : नयाँ सिटी सफारीको दर्ता नहुँदा समस्या झेल्नुपरेको भन्दै विराटनगरका सिटी सफारी चालकहरु आन्दोलित भएका छन् । उनीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत आइतबार विराटनगर उपमहानगरपालिका गेट अगाडि  धर्ना दिए । विराटनगरमा सञ्चालनमा आएका सिटी सफारी रिक्सा  उपमहानगरपालिकाले दर्ता नगर्दा समस्या खेप्नु परेको चालकहरुले बताएका छन् । उनीहरुले आइतबार उपमहानगरपालिका अगाडि सिटी सफारी रोकी समूहगत रुपमा दर्ता गर्न दबाब दिएका छन् । गरगहना, घरजग्गा धितोमा राखेर ऋण काडेर सिटी सफारी खरिद गरेको तर उपमहानगरनगरपालिकाले दर्ता नगर्दा चलाउनलाई समस्या भएको विराटनगर–८ का राजु मण्डलको भनाइ छ । अर्का विराटनगर–२० का चन्द्रप्रसाद यादवले आफूहरुलाई उपमहानगरपालिकाले दर्ता नम्बर उपलब्ध नगराउँदा ट्राफिकले अनावाश्यक दुःख दिएर एक हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको दुखेसो पोखे । उनीहरुले दर्ता गर्न नगरपालिकालाई बारम्बार आग्रह गरेको पनि बताएका छन् । दर्ता नगर्ने हो भने  बेच्न रोक लगाउनुपर्ने उनीहरुले माग गरेका छन् । सरकारले विशेष योजना बनाएर युवाहरुलाई रोजगारी दिलाउनुपर्नेमा आफूहरुले ऋण लिएर खरिद गरेर कमाउँछु भन्दा पनि गरिखान नदिएको उनीहरुले बताएका छन् । आफूहरुले लुकीलुकी सिटी सफारी कुदाउँदा पनि ट्राफिकले खेदाएर पक्राउ गर्ने गरेको र १ हजार जरिवानासहित ७ दिनसम्म राख्ने गरेको बताएका छन् । विराटनगर उपमहानगरपालिकामा दर्ता गरेका ३ सय सिटी सफारी सञ्चालनमा छन् । अन्य १ सय सिटी सफारी बिना दर्ता सञ्चालनमा रहेको उनीहरुको भनाइ छ ।

0 comments:

Post a Comment