Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

भुकम्पपीडितलाई मैदा भन्दै व्हाइट सिमेन्ट ।


जिल्ला दैवीप्रकोप उद्धार समितिले पनौती नगरपालिकामा वितरण गर्न पठाएको मैदाको पिठोमा फेला परेको ह्‍वाइट सिमेन्ट।
By बी एन एन|असार २८| काभ्रे: जिल्लामा रेडक्रसले भूकम्पपीडितका लागि कुहिएको चामल वितरण गरेको गुनासो सकिन नपाउँदै जिल्ला दैवी प्रकोप उद्धार समिति काभ्रेले वितरण गर्न पठाएको मैदाको पिठोमा ह्वाइट सिमेन्ट मिसाइएको फेला परेको छ।

मैदा भनेर गत जेठ १६ गते पनौती नगरपालिकामा रहेका भूकम्पपीडीतका लागि दैवी प्रकोप उद्धार समितिले पठाएको ३० बोरा मैदाको पिठोसँंगै १० बोरा ह्वाइट सिमेन्ट मिसाएर पठाइएको खुल्न आएको हो।


खाद्यान्न भनेर पठाएको मैदाको बोरामा ह्वाइट सिमेन्ट फेला परेको पनौती नगरपालिक कार्यकारी अधिकृत इन्दिरा थापाले बताइन्। 'आएको तीन दिनपछि गोदाममा चेक गर्दा जिल्ला दैवी प्रकोप उद्धार समितिबाट ल्याएको ३० बोरा मैदामध्ये १० बोरा ह्वाइट सिमेन्ट रहेछ।'

उनले थपिन्, 'बोरामा सिमेन्टको नाम लेखेको देखेपछि शंका लागेर चेक गर्दा सिमेन्ट भेटियो। त्यसपछि वितरण गर्न समेत रोक्यौं,' उनले थपिन्, 'अब यो सिमेन्ट के गर्ने भन्ने अन्यौलमा छु। न बुझाउने ठाउँ थाहा छ न बाढ्न मिल्छ। समस्यमा परियो।'

‘यो त सरकार र कर्मचारीको चरम लापरबाही हो ,उद्धार गर्न बसेको हो कि ज्यान मार्न बसेका हो,' एक स्थानीयले भने, 'खाद्यान्नमा पनि यस्तो लापरबाही गर्छन् भने अन्यमा के गरे होलान्। सिमेन्ट र पिठो पनि नचिन्ने कस्तो प्रशासन हो।'

उनले थपे, 'सरोकारी निकायले नै लापरबाही गरेपछि कसको विश्वास गर्ने ? ' जिल्ला दैवी प्रकोप उद्धार समितिले पीडितलाई वितरण गर्न भनी पनौती नगरपालिकालाई पठाएको ३० बोरा मैदाको पिठोमा एसियन पेन्टको वाल पुटर लेखिएको सिमेन्ट मिसाएर पठाएको थियो।
मिसावट भेटिएको घटना १२ दिनसम्‍म गुपचुप राखिएको थियो।
मिसावट भएको घटना १२ दिनसम्म गपचुप राखिएको थियो। सम्बन्धित निकाय यसबोर भने अनविज्ञ रहेको बताउँदै आएको छ। 'हामीलाई यस सम्बन्धमा कुनै रिपोटिङ नै गरेको छ नत यसबारे कुनै जानकारी नै छ।'

'यस्तो हुनु नपर्ने हो,' स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना भन्छन् , ‘लोड गर्नेहरूले मिसावट गरेको हुनसक्ला तर आधाकारिक जानकारी नआएकाले यसबारे केही थाहा भएन।'
अन्नपूर्ण पोस्ट्को फेसबुक, ट्वीटर, गुगल प्लस र
AP

0 comments:

Post a Comment