Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 28, 2015

इटहरीमा झडप, १२ घाइते

इटहरीमा झडप, १२ घाइते
by बिराट नगर न्युज
९ सेल अश्रु ग्यास प्रहार

काठमाडौं, श्रावण १२ - इटहरी–हिन्दूराष्ट्रको माग गर्दै इटहरीमा भएको प्रर्दशनमा प्रहरीले धर्मगुरु श्रीनिवासलाई पक्राउ गरेपछि भएको झडपमा १२ जना प्रर्दशनकारी र दुई प्रहरी घाइते भएका छन् ।

इटहरीको टेम्पो स्टेनमा धर्मगुरु सहितको जुलुसलाई प्रहरीले रोकेपछि झडप भएको थियो । झडपको क्रममा प्रहरीले ९ सेल अश्रु ग्यास प्रहार गरेको छ । लाठी चार्जबाट राप्रपा नेपालका इटहरी अध्यक्ष रामप्रसाद पोखरेल सहित एक दर्जन घाइते भएका छन् । पोखरेललाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

संविधानमा नेपाल हिन्दू राष्ट्र हुनु पर्ने र धर्म निरपेक्ष शब्द हटाइनु पर्ने माग गर्दै इटहरीमा चार दिनदेखि प्रर्दशन भइरहेको छ । झडपको कारण इटहरी बजार बन्द छ भने यातायात ठप्प भएको छ ।

बैद्धिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक कुमारबहादुर थापाले इटहरीमा प्रहरीले ज्यादती गरेको भन्दै घटनाको भर्त्सना गरेका छन् । उनले पक्राउ परेका धर्मगुरु श्रीनिवासको निशर्त रिहाईको माग समेत गरेका छन् ।

Ekantipur

0 comments:

Post a Comment