Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 21, 2015

राप्रपा नेपालले हाम्रो बन्द हैन भने पनि , पुर्वमा बन्द गर्दै

राप्रपा नेपालले हाम्रो बन्द हैन भने पनि , पुर्वमा बन्द गर्दै
by बिराट नगर News

बिर्तामोड, ६ साउन ।  हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपालले गरेको नेपाल बन्दका कारण झापालगायत पूर्वी जिल्लाको जनजीवन प्रभावित बनेको छ । राप्रपा नेपालका कार्यकर्ताले बिर्तामोडमा सवारी साधनको चाबी खोसेर बन्दको अवज्ञा नगर्न चेतावनी समेत दिएका छन् ।

प्रहरी ज्यादती भएको भन्दै बिरोधमा उत्रिएका नेता तथा कार्यकर्ताले आज बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन दिएका छैनन् । बन्दकर्ताले आज बिहान बिर्तामोडमा बा ७ च ५७५२, मे १ ज १०५५, मे १ प २५९६, बा ११ च ३०२०, को १ ख ३१७३, ना ४ ख २५७७, बा ३ ख ५१३८ र को १ च ६४०६ नम्बरका सवारी साधनको चावी खोसेर राखेका हुन् ।

बन्दका कारण बिर्तामोडका कुनैपनि पसलहरु खुल्न सकेका छैनन् भने कल कारखानासमेत ठप्प रहेका छन् । दुई पाङ्ग्रे सवारीसाधन निर्वाध रुपमा चलेपनि चारचक्के सवारी साधनहरु भने चल्न सकेका छैनन् ।

बन्दका कारण पूर्वी पहाडी यातायातसमेत ठप्प बनेको छ । बिर्तामोडमा राप्रपा नेपालका केन्द्रीय सदस्य तथा पुर्वाञ्चल संयोजक राजेन्द्र लिङदेनको नेतृत्वमा दर्जनौं कार्यकर्ता बन्द गराउँदै हिँडेका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् ।

0 comments:

Post a Comment