Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, July 12, 2015

प्रेस स्वतन्त्रता माथी प्रश्न उठयो

प्रेस स्वतन्त्रता माथी प्रश्न उठयो

by: बी एन एन|असार २७|नेपाल प्रेस युनियनले  संबिधान सभाबाट पारित संबिधानको प्रारम्भिक मस्यौदाले प्रेस स्वतन्त्रताको संबैधानिक सुनिश्चितता कायम गर्न सक्नेमा प्रश्न उब्जाएकोे ठहर गरेको छ । धुलिखेलमा सम्पन्न केन्द्रीय समितिको पुर्ण बैठकले मस्यौदाको धारा २२ को उपधारा २ मा ऐन बनाएर विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन सक्ने प्रतिबन्धात्मक ब्यवस्था संशोधनको माग गरेको छ ।
प्रस्तावित मस्यौदामा झुटो समाचार लेखेको आधारमा त्यसलाई टेकेर सञ्चारमाध्यममा बन्देज लगाउने कुरा स्वतन्त्र प्रेसको अवधारणा विपरित रहेको युनियनले ठहर गरेको महासचिव अजयबाबु शिवकोटीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । आम नागरिक र आमसञ्चारकर्मीको माग अनुसार तत्काल प्रेस स्वतन्त्रता सहितको लोकतान्त्रिक संबिधान जारी गर्ने प्रत्याभुतिका नभएसम्म युनियनले आफ्ना संयन्त्र मार्फत दवाव अभियान सञ्चालन गर्ने निर्णय पनि युनियनले गरेको छ ।
पत्रकार आचार संहिता निर्माणको सैद्धान्तिक मान्यता र विगतको अभ्यास बिपरित सरकारले आचार संहिता परिमार्जनको कुरा सार्वजनिक गरेकोमा युनियनले असहमति जनाएको छ । सरकारले केहीदिन अघिमात्र सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पत्रकार आचार संहिता परिमार्जन गर्ने भनी उल्लेख गरेको कुरालाई सच्याएर सबै सरोकारवाला पक्षहरुसंगको परामर्समा प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ मार्फत् आचारसंहिता निर्माण तथा परिमार्जन गर्ने स्थापित ब्यवस्थालाई नकुल्चन सरकारलाई सचेत गराएको छ ।
न्युनत्तम पारिश्रमिक निर्धारण समितिले हालै गरेको सिफारिस सरकारी सञ्चार माध्यमबाट सुरु गरी निजी सञ्चार माध्यममा पनि प्रभावकारी कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ ।

0 comments:

Post a Comment