Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, July 26, 2015

हिन्दूवादी संगठनहरुको आन्दोलन सशक्त

हिन्दूवादी संगठनहरुको आन्दोलन सशक्त
by बिराट नगर न्युज
इटहरी, १० साउन : संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्ने विभिन्न हिन्दूवादी संगठनहरु इटहरी केन्द्रित हँुदा आन्दोलन सशक्त बन्दै गएको छ । आन्दोलनमा सहभागी हुनेहरुसमेत हरेक दिन थपिँदा इटहरीमा दैनिक हजारौं हिन्दूवादीहरुको सहभागितामा ¥याली निस्किन थालेको छ । यसैक्रममा आइतबार पनि इटहरीमा हजारौंको संख्यामा सडकमा उत्रिएका हिन्दूवादीहरुले दुई घण्टा चक्काजाम गरेका छन् । पूर्वजानकारी नै नगराई एकाएक चक्काजाम हुँदा यात्रुहरु सास्ती खेप्न बाध्य भए । बन्द गर्ने हिन्दूवादीहरुले साइकलसमेत रोकेर बन्द गरेका थिए भने सन्त श्रीनिवास आचार्यले समेत साइकल र रिक्सामा त्रिसुल प्रहार गर्दै बन्दलाई कडा बनाएका थिए । हिन्दूवादीहरुको आन्दोनलमा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । त्रिशुल, खुँडा, बञ्चरोलगायतका हतियारसमेत बोकेर हिन्दूवादीहरुले प्रदर्शन गर्दा स्थानीय आतंकित बनेका थिए । उनीहरुले हिन्दूराष्ट्रको पक्षमा नाराबाजी गर्दै सडकमै नाचगानसमेत गरेका थिए । यसैबीच, हिन्दू धर्म संरक्षण समितिका अध्यक्ष कृष्ण गिरिले काठमाडौंमा प्रहरीले आफ्नो आन्दोलन दबाउन खोजेपछि इटहरी केन्द्रित भएर आन्दोलन थालेको बताउनुभयो । गिरिले नयाँ संविधानमा हिन्दूसापेक्ष राष्ट्र भएमात्र आन्दोलन रोकिने स्पष्ट पार्नुभयो । हिन्दूवादीहरुले हिजो पनि इटहरीमा प्रदर्शन गरेका थिए ।

0 comments:

Post a Comment