Wednesday, September 30, 2015
test
Tuesday, September 15, 2015
संविधानसभामा फर्कन फोरम लोकतान्त्रिकले राख्यो शर्त
by:बी एन एन| काठमाडौं, भदौ ३०
संविधान निर्माण प्रक्रियामा विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि संविधान सभामा सहभागी हुने संकेत देखिएको छ। आफ्ना चार बुँदे माग राख्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणमा प्रक्रियामा सहभागी हुने संकेत दिएको हो।
संविधानको विधेयकमाथि मतदान भइरेका बेला प्रमुख तीन दलले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पनि संविधान निर्माणमा सहभागी गराउन प्रयास गरिरहेका छन्।
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले फोरम लोकतान्त्रिकका नेताहरुसँग छुट्टा छुट्टै वार्ता गर्दै प्रक्रियामा सहभागी हुन आग्रह गरिरेहका छन्।
यसैबीच लोकतान्त्रिक फोरमले आफ्नो पार्टीले राखेका चार शर्त पुरा भए आफूहरू पनि प्रक्रियामा सहभागी हुने जनाउ दिएको छ।
सीमांकन फेरबदल गर्नुपर्ने, समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण सम्वन्धी अन्तरिम संविधानमा भएको व्यवस्थालाई निरन्तरता दिनुपर्ने र प्रदेशमा कामकाजको भाषा स्थानीय भाषा राख्न पाउने व्यवस्था गर्नुपर्ने सर्त पुरा भए आफूहरू संविधान निर्माण प्रक्रियामा सहभागी हुने फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बताए।
चौधरीले सेतोपाटीसँग भने, ‘माथिका चार बुँदे मागबारे तीन दल सकारात्मक भए हामी संविधान सभामा आउँछौ। नियमावली निलम्बन र संशोधन गर्ने भए हामी आउन तयार छौ। यसबारे तीन दलको कुनै जवाफ नआए आफुहरू जाँदैनौं।’
यसैबीच प्रक्रिया अगाडि बढिसकेको अवस्थामा फेरि नियमावली संशोधनमा फर्कने सम्भावना छैन। तीन गते संविधान जारी गर्ने मितिसमेत सार्वजनिक भइसकेको अवस्थामा दलहरू पछाडि फर्कन सक्ने स्थिति छैन। यद्यपी वार्ता जारी राखेका छन्।Source:Setopati
Would you ever exchange your kidney for an iPhone? They did...
By BNN September 15, 2015
Two men in China's Jiangsu province tried to sell their kidney for Apple's latest offering, the iPhone 6s.
One of the men, surnamed Wu, wanted an iPhone 6s but could not afford it. His friend Huang suggested they sell a kidney each for money, reported China Daily on Tuesday.
The two found an illegal agent on the internet who asked them to take medical examinations at a hospital in Nanjing. However, when they arrived on September 12, the agent did not turn up as scheduled.
They later reconsidered selling the organs. Wu told his friend, Huang, to stop the plan but Huang did not listen.
Wu then called the police, but Huang ran away and has been out of reach ever since.
नयाँ संविधानका धारामा के छ?
Monday, September 14, 2015
अष्ट्रेलियामा होस्टेल रीटर्नस च्यारटीको लागि प्रदेर्शन।
By बी एन एन|सिडनि
नमस्ते ईभेन्टले नमस्ते बजारको सहकार्यमा अष्ट्रेलिया को ह्न्टसभाईल सहरमा होस्टेल रिटर्न्सको च्यारिटी सो गर्ने भएको छ ।२० सेप्टेम्बर २०१५ मा अष्ट्रेलीयाको हर्स्ट्भिल Civil Theatre मा हुने उक्त सो बाट संकलन हुने सम्पुर्ण रकम आफ्नो सपना साकार बनाउन अष्ट्रेलिया आएका अनि हाल एक्युट म्यिलेओईड ल्युकेमिया जस्तो घातक रोग बाट थला परेका उज्ज्वल पौडेल को सहयोगार्थ र फोक्सो को क्यान्सर बाट निधन भएकी संगीता घिमिरे को परिवार लाई प्रधान गर्ने आयोजकले जनाएको छ । यो अभियानलाई ब्रान्ड ईस्ट अष्ट्रेलिया ,एभरेष्ट कम्युनिकेशन लगायतका सस्थाले साथ दिएका छन । यो शो को टिकट दर २५ डलर रहेको आयोजक सस्थाले जनाएका छन । यो शो २० सेप्टेम्बर २०१५ मा साझ ६ बजे बाट सुरु हुनेछ ।
समय र ठेगान
Civil Theatre
16 MacMohan Street, Hurstvill,NSW
20 september 2015
6pm-9pm
राष्ट्रिय जनावर गार्इ, राष्ट्रिय पंक्षी डाँफे
By: बी एन एन| २०७२ भाद्र २८
संविधानका १३ वटा धारा पारित
काठमाडौं : नयाँ संविधान जारी गर्न संविधानसभामा सोमबार पनि बिहानदेखि नै मतदान भइरहेको छ।
आइतबार धारा १ देखि ३ सम्मलार्इ संविधानको अंग बनाएको संविधानसभाले सोमबार बिहानदेखि धारा ४ बाट मतदान शुरु गरेको हो ।
संविधानसभाको बैठकमा जारी मतदानमा अहिलेसम्म धारा १ देखि नै १३ सम्म पारित भइसकेको छ । सभाले आइतबार र सोमबार गरी १३ वटा धारा पारित गरिसकेको छ ।
मतदान प्रक्रियाबाट संविधानसभाले नेपालको राष्ट्रिय जनावर गार्इ र राष्ट्रिय पंक्षी डाँफे हुने टुंगो गरेको छ ।
नेपालको संविधानको परिमार्जित विधेयककलार्इ संविधानको अंग बनाउने क्रममा संविधानसभाको बैठकले धारा ९ मा राष्ट्रिय जनावर, पंक्षी, रंग र फूलको टुंगो बहुमतबाट लगाएको हो ।
दौरा सुरुवाल राष्ट्रिय पोशा नहुने भएको छ । सबै जातजातिका परम्परागत पोशक नै राष्रिय पोशाक हुनेछन् ।
नेपालको संविधानको परिमार्जित विधेयकको धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे हुन व्यवस्था गरिएको छ ।Source : अन्नपूर्ण पोस्ट
Saturday, September 12, 2015
वार्तामा जान आन्दोलरत दललाइ मधेशी जनताको दबाब।
by:बी एन एन |२०७२ भाद्र २७ आईतवार
वीरगन्ज: मुख्य तीन दलले संविधान निर्माण प्रकृया दुइ दिनका लागि स्थगन गरेर आन्दोलनरत मधेशी दलहरुलाइ वार्तामा बोलाएको छ । तर मधेशी दलहरु वार्तामा जान मानिरहेका छैनन् ।
मधेशी दलले वार्ताका लागि राखेको चार शर्तहरु मध्ये तीन दलले संविधाननिर्माण प्रकृया दुइ दिनका स्थगन गरिसकेको छ । यत्तिले मात्र वार्ताको वातावरण नबनको भन्दै मधेशी दलहरुले वार्तामा बस्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
तर मधेशका बुद्धीजवी , उद्योगी व्यपारी र सर्वसाधरणले भने वार्तामा जान मधेशी दलहरुलाइ दबाब दिएका छन् ।
मधेशी दलको आह्वानमा साउन ३० गते देखि नै बन्द छ ।मधेशका विभिन्न जिल्लामा कर्फु र निषेधाज्ञा लगाएर दंगाग्रस्त क्षेत्र घोषणा गरिएका छन् । प्रहरी र प्रदर्शनकारी बिचको झडप हिंसात्मक बन्दै गएको छ ।
दिनहु भइरहेका प्रदर्शनमा आन्दोलनकारी र सुरक्षाकर्मीले ज्यान गुमाइरहेका छन् । जसका कारण मधेशका जिल्लाहरुको जनजीवन अस्तव्यस्त बनेको छ ।
बन्द हडताल र झडपका कारण आजीत बनेका सर्वसाधरण , उद्योगी र बुद्धिजीवीले वार्ताको लागि तीन दलले दिएको दुइ दिनको समय सदुपयोग गर्दै संवादका माध्यमबाट समस्याको निकास खोज्न मधेशी दलहरुलाइ दबाब दिएका हुन् ।
बन्द हडताल अब त अत्ति नै भैसक्यो , बारा गंजभवानीपुरका किसान शम्भु प्रसाद साहले भन्छन् ,‘ अब यो मान्छे मार्ने काम बन्द हुनु पर्छ , वार्ता गरेर समस्याको हल निकाल्नु पर्छ ।
मधेशी दलले मधेशको हक अधिकारका लागि भन्दै बन्द हडाल र आन्दोलन गरेपनि यसको मारमा मधेशीहरु नै परेको उनको गुनासो छ ।
सरकारले वर्तामा बोलाएको छ , मधेशी दलका नेतालाइ लक्षित गर्दै उनले भने , वार्तामा जानुस , आफनो कुरा राख्नुस् , मानेन् भने फेरि आन्दोलन गर्नु होला , तर अहिले वार्तामा तपाइहरु जानै पर्छ ।
वार्ताका लागि तीन दलले दिएको दुइ दिनको समयलाइ सदुपयोग गर्न मधेशका बुद्धीजीवहरुले पनि आन्दोलनरत दलहरुलाइ दबाब दिएका छन् ।
दलहरुले छिटटै निकास दिएनन् भने मुलुक ठूलो भडखालोमा खस्ने नागरिक समाज बाराका अध्यक्ष सुख प्रसाद चौधरी बताउछन् ।
वार्ताका लागि संविधानसभाको प्रकृया दुइ दिनका लागि स्थगन गर्ने मुख्य तीन दलको निर्णय सकरतात्मक रहेको बताउदै उनले भने , यो अवसरलाइ आन्दोलनरत दलहरुले सदुपयोग गर्नु पर्छ , तर ठूला दलले पनि अझ लचकता देखाउनु जरुरी छ ।
ठूला दलका नेताहरु आफनै गोरुको बाह्र टक्का भनेर बस्नु हुदैन , उनले थपे , ‘ मधेशी दलले पनि जनताको लागि आन्दोलन गरेका हुन् भने अब जनतालाइ धेरै सास्ती दिनु हुदैन ।
हरेक द्धन्द्ध र आन्दोलनको अन्तिम निकास वार्ता नै भएको चौधरीले बताए ।
नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरी पनि वर्तामा मधेशी दलहरु जानु पर्ने बताउछन् । समस्याको सामधान वार्ता नै हो , तीन दलले वार्ताका लागि बोलाएका छन् भने मधेशी दलहरु जानु पर्छ , उनले भने , तर वार्ता अघि तीन दलले पनि वार्तामा हुने सहमति कार्यान्वयनको ग्यारेन्टी दिनु सक्नु पर्छ ।
विगतका सहमति लागु नभएका कारण आन्दोलनरत दलहरुमा अहिले पनि आशंका छ , उनले भने , तीन दलले त्यो आशंका मेटाउनु पर्छ । बन्द हडताल र हिंसात्मक झडपका कारण मधेशी जनताको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै उनले मधेशी दलहरुलाइ भने, वार्तामा सहमति भएन भने बरु फेरि आन्दोलनमा फर्किए हुन्छ , तर वार्ताको टेबलुमा पहिला बस्नु पर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं वीरगन्जका उद्योगी विजय सरावगी पनि बन्द र आन्दोलनले समस्याको निकास नदिने बताउछन् ।
चाहे माओवादीको दश बर्षे जनयुद्ध होस वा यसअघिका मधेस आन्दोलन , दुवैमा वार्ताबाट नै निकास निकालिएको थियो , उनले भने , त्यही भएर वार्ताको माध्यमले निकास खोज्नुपर्छ । उनले भने , यदि अब पनि दुवै पक्ष आ आफनै अडानमा बस्ने हो भने यसले अन्तत जनतालाइ सस्ती दिन्छ ।
Source:annapurnapost
आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ ! काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता
By :बी एन एन|२०७२ भदौ २६ गते
काठमाडौं, २६ भदौ । जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने सम्भावना बढेको छ ।
सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको अभियोगमा शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने सम्भावना बढेको हो । संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य समेत रहेका शेर्पालाई सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेको भन्दै प्रहरीले १० दिन अगाडि १६ भदौमा काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीबिरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग पत्र दर्ता गरेको छ । सामाजिक सद्भाव भड्काउने अभियोगमा अदालतबाट दोषी ठहर भए शेर्पालाई विद्युतीय कारोबार ऐन अन्तर्गत पाँच वर्ष जेल सजायँ र एक लाख रुपैयाँ जरिवाना हुनेछ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शेर्पालाई म्याद थपेर अहिले हिरासतमा राखेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अदालतको फैसलापछि शेर्पालाई जेल चलान गर्ने कि धरौटीमा छाड्ने कुराको टुङ्गो लाग्ने बताए ।
शेर्पाविरुद्ध दायर भएको अभियोगमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतले बहस थाल्ने अधिवक्ता श्री बुढाथोकीले जानकारी दिए ।
कैलालीको टीकापुरमा प्रहरीका एसएसपीसहित मारिने गरी भएको हिंसात्मक घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेपछि प्रहरीले दुई साता अगाडि पक्राउ गरेको थियो ।
Source dainiknepal
मधेसीलाई छैन डेरा,भक्तपुरका घरबेटि!
by : बी एन एन | रोहित भट्टराई |काठमाडौं
काठमाडौंको भक्तपुरमा एक घरमा पढाई को लागि डेरा गरि बसि रहेका सात बिद्यार्थी लाई जबर्जस्ति डेरा छोड्न बाध्य बनाये घरबेटी ले।
काठमाडौंमा डेरा गरि बस्दै आयेका धनुषाका रजिब साह, रोहित राय र अजय झा,महोत्तरी का सुरज साह र राजु माझी, अनि खजुरि का आस्विन साह र बाराका सुर्य झा लाई घरबेटीले घरबाट निक्लन बाध्य बनायेका छ्न।
यो सबैको कारण के भन्दा आशचर्य लग्छ। येस घट्ना का पिडित सुर्य झा को अनुसार यी सात युवा लाई यिनि हरु मधेसी भयेको कारणले गर्दा यिनी हरुलाइ घरबेटी ले जबर्जस्ती डेरा खाली गर्न लगायेका छ्न।
तराइमा बलेको आगो को झिल्को ले उपत्यकामा पक्कै असर परेको छ, तर कस्तो? के यो सकारात्मक सन्केत हो?कदापी हैन। कसैलाइ जात ले भेदभाव गर्नु भनेको गैरकानुनी र अमानवीय हो।
News source : अजय झा
Friday, September 11, 2015
एसएलसी पूरक(Back paper) नतिजा भदौमै
By:बी एन एन, काठमाडौं
भाद्र २५, २०७२- परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पूरक परीक्षाको नतिजा भदौभित्र प्रकाशन गर्ने जनाएको छ । आन्दोलनले गर्दा साउन २० मा सुरु भई २७ गते सम्पन्न परीक्षाको उत्तरपुस्तिका केन्द्रमा संकलन गर्न ढिलाइ भएकोले नतिजा प्रकाशनमा समस्या आएको हो । नियन्त्रण कार्यालयले एक विषय र दुई विषय अनुत्तीर्णका निम्ति पूरक परीक्षाको अवसर दिँदै आएको छ ।
‘उत्तरपुस्तिका परीक्षणको काम धमाधम भइरहेको छ,’ नियन्त्रक द्वारले भने, ‘भरसक भदौभित्र नतिजा सार्वजनिक गर्नेछौं । विद्यार्थीको शैक्षिक भविष्यलाई गुम्न दिने छैनौं ।’ पूरक परीक्षामा १ लाख २४ हजार २ सय ५१ विद्यार्थी सामेल छन् ।Source-EKantipur
नेपाली भूमिबाट बालुवा तस्करी चौकी सरेको फाइदा उठाउँदै तस्करको हालिमुहाली
By: बी एन एन, पिडारी (पर्सा)
पर्साको पिडारीस्थित ओरिया खोलामा बालुवा लोड गर्दै भारतीय ट्रयाक्टर । भूषण/कान्तिपुर
भाद्र २५, २०७२- मध्य तराईका जिल्लामा करिब १ महिनादेखि जारी मधेसी मोर्चाको आन्दोलनका क्रममा सीमावर्ती क्षेत्रका प्रहरी चौकी विस्थापित भएपछि भारतीय तस्करले नेपाली भूमिबाट दिनहुँ करिब ५ सय ट्रयाक्टर बालुवा तस्करी गरेर लैजाने गरेको पाइएको छ । सदरमुकाम वीरगन्जभन्दा ४५ किलोमिटर पश्चिम रहेको पिडारी गाविसको ओरिया खोलाबाट यस्तो तस्करी भइरहेको छ ।
खोला पारिपट्टि बिहार पश्चिमी चम्पारण गदियानी भंगाहाका कारोबारीले बिहानदेखि साँझसम्म बालुवा उत्खनन गरी लैजाने गरेका छन् । दुई मुलुकको सीमा छुट्याउने पिलर नम्बर ४२४/१९ बाट झन्डै १ किलोमिटरभित्र नेपाली भूमिमा प्रवेश गरी निर्वाध रूपले बालुवा ढुवानी गरिरहेका छन् । स्थानीयले विरोध गर्दा तस्करको आक्रमणबाट बिहीबार १ असईसहित ४ सर्वसाधारण घाइते भएका छन् । गत मंगलबार आन्दोलनकारीले जिल्लाका सीमावर्ती क्षेत्रका ६ वटा प्रहरी चौकी जलाएका थिए । नाकाबाट प्रहरी विस्थापित भएलगत्तै बालुवा तस्करी बढेको सूचना आएपछि सञ्चारकर्मीसहित अनुगमनमा गएका प्रहरीलाई तस्कर समूहले बालुवा उठाउने सावेल (बेल्चा) लिएर लखेटेका थिए ।
२०/२५ जनाको समूहमा रहेका तस्करले पिडारी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भगवान राउत कुर्मीलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । ‘त्यसैमध्यका एक तस्करले चिनेपछि छाडे,’ असई कुर्मीले भने । प्रहरीलाई कुटपिट गरेको जानकारी गाउँलेले पाएपछि प्रतिकार गर्न खोलासम्मै पुगेका थिए । भिखमपुर र सुवर्णपुरबाट आएका सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले स्थिति नियन्त्रणमा लिएका थिए । स्थानीय नेशार समानीका अनुसार एक ट्रयाक्टर बालुवा पारिपट्टि (भारतमा) ५ हजार भारुमा बिक्री हुन्छ ।
नाकाका चौकी जलेयता दैनिक ३० लाख बराबरको बालुवा लगिरहेका छन् । लामो समयदेखि अवैध रूपमा बालुवा लाने गरे तापनि अहिले मधेस आन्दोलनमा प्रहरी चौकी जलाइएपछि उनीहरू हौसिएको समानीले बताए । ‘विगतमा सीमित संख्यामा लाने गरेका थिए,’ उनले भने, ‘गत सातादेखि सयौँको संख्यामा आउन थालेका छन् ।’ नेपाली सुरक्षाकर्मीको सुराकीका लागि खोलाको डिलमा तस्करले भैँसी गोठालो खटाएका हुन्छन् । ‘यता गाउँतिरबाट सुरक्षाकर्मी आएको देख्नासाथ सुराकीले इसारा गरिहाल्छन्,’ पिडारी ५ का वीरेन्द्र महतोले भने, ‘त्यसपछि सबै भाग्छन् ।’
अवैध ओसारपसार गरेको विषयमा उक्त स्थानमा पटकपटक विवाद हुँदै आएको छ । ‘हाम्रै सम्पत्ति लुटेर खाएका छन्,’ स्थानीय मनोज रामले भने, ‘त्यसमाथि हामीलाई कुट्छन् पनि ।’ २ वर्षअघि अवैध ओसारपसार नियन्त्रण गर्न जाँदा तस्कर समूहले प्रहरी नायव निरीक्षक गोपाल थामी, प्रहरी जवानद्वय सुरेन्द्र कलवार र सुनील रिमाललाई कुटेर हात भाँचिदिएका थिए । ‘प्रहरीको हतियारसमेत लुटेर लगेका थिए,’ स्थानीय सञ्चारकर्मी ओमप्रकाश चौधरीले भने, ‘पछि सम्झाइबुझाई गरेपछि हतियार फर्काए ।’
सुरक्षा स्रोतका अनुसार दुई देशीय सीमा सुरक्षाा बैठकमा ओरिया खोलाको अवैध उत्खननबारे नेपाली पक्षले चासोसाथ भारतीय समकक्षीको ध्यानाकर्षण गराउँछन् । ‘नेपाली भूमिमा जबरजस्ती प्रवेशमा रोक लगाइने भारतीय सुरक्षा अधिकारीले पटकपटक प्रतिबद्धतासमेत जनाएका छन,’ उक्त स्रोतले भने, ‘कार्यान्वयन भने हुँदैन ।’ राज्य कमजोर हुँदा आफ्नै सम्पत्ति विदेशीले लुटेर खाँदा निरिह बनेकोमा पिडारीवासीले ग्लानी प्रकट गरेका छन् । पर्साका तत्कालीन एसपी रमेशप्रसाद खरेलले ७ वटा भारतीय ट्रयाक्टर उक्त ठाउँबाट नियन्त्रणमा लिएपछि उनको कार्यकालमा अवैध उत्खनन बन्द भएको स्थानीय बताउँछन् ।Source-E-kantipur