Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, September 7, 2015

रुकुम टुक्रयाएको विरोधमा काँग्रेसका जिल्ला सभापति सहित १५ जनाद्वारा राजीनामा

By:बी एन एन
काठमाडौं, भदौ २१

संघीयताको सिमाङ्नका क्रममा रुकुम टुक्रयाइएको विरोधमा नेपाली काँग्रेस रुकुमका जिल्ला सभापतिसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
नेपाली काँग्रेसका रुकुम सभापति मानबहादुर नेपाली, दिनेमा महासमिति सदस्य एवं सभासद मिठु मल्ल, पूर्व राज्यमन्त्री गोपालजीजंग शाह, पूर्वसहायक मन्त्री केशरमान रोका र महासमिति सदस्य प्रेमप्रकाश ओलीलगायतका नेताले पार्टीबाट राजीनामा दिएका हुन्।
उनीहले सोमबार दिउँसो पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सामूहिक राजीनामा बुझाएका हुन्।
राजीनामा पत्रमा'रुकुम सिंगो हुन्छ भन्ने आश्वासन दिँदा दिँदै पनि संशोधन प्रस्तावमा कुनै शब्द नबोलेको र रुकुम दुई भागमा विभाजन हुने अवस्था रहेको हुँदा सामूहिक राजीनामा दिएको दिइएको’ उल्लेख गरिएको छ।setopati

0 comments:

Post a Comment