Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, September 11, 2015

आन्दोलनमा बालबालिका को प्रयोग, जस्लाइ थाहा छैन के को लागि आन्दोलन !!!

By: बी एन एन|भदौ २५
अहिले मधेशमा भैइरहेको आन्दोलनमा वालवालिकाको प्रयोग हुनु एकदमै दु:खद कुरा  हो  आन्दोलनका क्रममा बालबालिकाको प्रयोग हुनु भनेको बालअधिकार विरुद्ध को कार्य हो ।बालबालिका स्वभावले नै ठिक -बेठिक छुट्याउन सक्दैनन उनिहरुलाई आफू भन्दा ठुला जे सिकायो त्यही ठिक लाग्छ । अहिले जनकपुरमा भईरहको  आन्दोलनमा पनि धेरै बालबालिकाको प्रयोग भएको पाईएको छ । अझ गम्भीर कुरा भनेको आन्दोलनका क्रममा प्रहरीको गोलिलागि बालबालिका मृत्युु सम्म भइसकेको छ  । आजको आन्दोलनमा सहभागी गराईएका बालबालिकालाई किन आन्दोलनमा आएको भनेर प्रश्न गर्दा उनिहरुले यसबारेमा अनविज्ञ रहेको बताए । बालबालिकाको आन्दोलनमा यसरी प्रयोग हुदासम्म सम्बन्धित निकायले कुनै ठोस कदम चालेकाछैन ।यसरी बालबालिकालाई आन्दोलनमा प्रयोग गर्नु अपराधीक क्रियाकलाप हुन यसबारेमा आन्दोलनरत पक्ष ,सरकारी निकाय र बालबालिकाका सम्बन्धमा काम गर्ने सम्पुर्ण निकाय सजग हुनु जरुरी छ ।

0 comments:

Post a Comment