Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, September 11, 2015

सबै माग पूरा नभएसम्म वार्तामा बस्दैनौं,प्रक्रिया स्थगन गरेकोमा स्वागत

by: बी एन एन, कपिलवस्तु
भाद्र २५, २०७२- प्रमुख तीन दलको संविधानसभा निर्माण प्रक्रिया दुई दिनका लागि स्थगन गर्ने निर्णयप्रति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वागत गरेको छ । तर, आफूहरुले राखेका चारमध्ये बाँकी तीन माग पनि पूरा नभएसम्म वार्तामा नबस्ने मोर्चाका नेताहरुको धारणा छ ।

मोर्चाले आफ्ना चारमध्ये एउटा माग तीन दलले पुरा गरे पनि वार्ताको वातावरण अझै नबनेको बताए । तौलिहवास्थित बुद्धपद्धम उच्च माध्यमिक बिधालयको खेल मैदानमा आयोजित वृहत विरोध सभालाई सम्बोधन गर्दै मोर्चाका चार प्रमुख घटकका नेताले चारवटै माग पूरा नभएसम्म वार्तामा नबस्ने बताए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेसी समुदाय वार्ताको विपक्षमा नरहेको भन्दै सरकार नै वार्ताको बाधक बनेको अरोप लगाए । सरकारले मधेसमा गरेको दमन तत्काल बन्द गर्नु पर्ने, सेना परिचालन फिर्ता लिनु पर्ने र घाइतेको उपचारको व्यवस्था नगरेसम्म वार्ताको बातावरण नबन्ने बताए । उनले सरकारले मधेसी मोर्चासँग विगतमा गरेको ८ बुँदे सम्झौता सम्बोधन गरिए तत्काल वार्तामा बसेर आन्दोलन फिर्ता लिने बताए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माण प्रक्रिया रोक्नु सकारात्मक भएपनि कार्यस्थगन गरेकोबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । उनले मधेसका अन्य माग सम्बोधन नगरिएको प्रति आपत्ति जनाए । ‘हाम्रा सबै माग पूरा भए वार्तामा बस्छौं,’ उनले भने, ‘नभए बस्दैनौं ।’

सदभावनाका अध्यक्ष राजेन्द्र महतोले सरकारमा बस्नेले मधेसी जनतासंग धेरै पटक उधारोमा वार्ता गरेको अब नगदमा मात्र गर्ने बताए । ‘अहिलेसम्म थुप्रै वार्ता गरियो तर अधिकार दिइएन,’ उनले बताए । कांग्रेस एमालेले मधेसमाथि गोली चलाउने अनि वार्ताका लागि आह्वान गरेर वार्ताको नाटक मात्र गरेको आरोप लगाए ।

तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले प्रमुख दलका मधेसी तथा थारुले विद्रोह गर्न थालेपछि उनीहरु डराएको दाबी बताए । संविधान निर्माण प्रक्रिया स्थगन सकारात्मक भएपनि मधेसमा सेना तथा प्रहरीले गरेको दमनले बातावरण विगारेको बताए ।Source : Ekantipur

0 comments:

Post a Comment