Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, September 7, 2015

विश्वविद्यालयको रकम मास्ने कर्मचारीलाई भ्रष्टाचार मुद्दा

By:बी एन एन| काठमाडौँ,भदौ २१

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको राष्ट्रिय चिकित्सा शास्त्र अध्ययन केन्द्रका मुख्य कार्यालय सहायक उर्मिला लामालाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ।  

सोमबार लामा विरुद्ध १५ लाख २० हजार रुपैँया भ्रष्टाचार गरेकोले विगोको दोब्बर जरिवाना माग गर्दै विषेश अदालतमा मुद्दा दायर गरेको  अख्तियारले जनाएको छ।

लामाले सन् २००९ देखि २०१४ सम्म इलेक्टिभ कोर्ष गर्न आउने विदेशी विद्यार्थीबाट शुल्क भन्दा बढि रकम लिएको अख्तियारको आरोप छ।Source : सेतोपाटि

अनधिकृतरुपमा लाभ लिएको, रकमको अभिलेख नराखेको कानून बमोजिम विश्वविद्यालयको राजश्व खातामा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेको,  बैंकमा दाखिला गर्नुपर्ने रकम दाखिला नगरेकोले लामालाई भ्रष्टाचार मुद्दा लगाएको हो।
 

0 comments:

Post a Comment