Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, September 9, 2015

वार्ताका लागि तीन दलबाट अन्तिम अपिल

by:बी एन एन |
२०७२ भाद्र २३ बुधवार

वार्ताका लागि प्रक्रिया नरोक्ने 
काठमाडौं : कांग्रेस, एमाले र एमाओवादीले मधेस तथा अन्य क्षेत्रमा आन्दोलनरत सबै पक्षहरुलाई वार्तामा सहभागी हुन पुनः अपिल गरेका छन् ।

सम्बादबाटै समाधान खोज्न तयार रहेको प्रतिवद्धतासहित तीन दलका शीर्ष नेताहरुले बुधबार पुनः अपिल गरेका हुन् । बुधबार बेलुका सिंहदरबारमा बसेको तीन दलको शीर्ष बैठकले आन्दोलनरत दल तथा पक्षलाई वार्ताका लागि आव्हान गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले वार्ताका लागि सरकारले अन्तिम पटक अपिल गरेको बताउँदै भने, यो वार्तामा सहभागी हुने अन्तिम अवसर हो । तर वार्तामा कोही आएन भने पनि प्रक्रिया रोकिदैन ।

पौडले अहिले आन्दोलनकारीले उठाइरहेका माग र मुद्दालाई वार्ताबाट समाधान र सम्बोधन गर्न सकिने बताए । उनले भने, हामीलाई विश्वास छ आन्दोलनकारी वार्तामा आएर छिटै समझदारी हुन्छ ।

यसअघि पनि मुख्य दलहरुले र प्रधानमन्त्रीले पनि अलगअलग रुपमा वार्तामा आउन आन्दोलनकारीसँग औपचारिक रुपमा आग्रह गरेका थिए। मधेसमा आन्दोलन गरिरहेका मधेसी दलहरुले संविधान निर्माणको प्रक्रिया स्थगित गर्नुपर्ने र सेना ब्यारेकमा फिर्ता गर्नु सर्त राख्दै आएका छन् । तर तीन दलले भने वार्ताका लागि प्रक्रिया एक मिनेट पनि नरोक्ने निर्णय गरेका छन् ।
- Source: annapurnapost.com

0 comments:

Post a Comment