Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, September 10, 2015

रेशम फिलिलीका मुख्य अभिनेता विनयले गरे इन्गेजमेन्ट

By:बी एन एन
अभिनेता विनयले गरे इन्गेजमेन्ट
काठमाडौं-अभिनेता विनय श्रेष्ठले प्रेमिका एनी थापासँग इन्गेजमेन्ट गरेका छन्। बुधबार दुवै पक्षको आफन्तहरूको उपस्थितिमा एक अर्काले औंठी साटासाट गरेका थिए। अभिनेता श्रेष्ठ अभिनित फिल्म 'रेशम फिलिली' हाल विभिन्न हलमा चलिरहेको छ।

इन्गेजमेन्टमा अभिनेता जीवन लुइँटेल र निर्माता माधव वाग्ले लगायत फिल्म क्षेत्रमा आवद्ध व्यत्तिहरूको समेत उपस्थिति रहेको थियो। अभिनेता श्रेष्ठ र निर्माता माधव वाग्लेले संयुत्त रूपमा 'रेशम फिलिली' लाई निर्माण गरेको थिए। गत भदौं १५ मा राजधानीस्थित जयनेपाल हलमा यु १९ नेपाली फूटबल टिमको लागि रेशम फिलिली युनिटले 'रेशम फिलिली' को विशेष शोमा अभिनेता श्रेष्ठ र एनी एकैसाथ देखिएका थिए ।

बेलायतमा अध्ययन गरिरहेकी एनी र अभिनेता श्रेष्ठ विगत केही महिनादेखि रिलेसनसीपमा थिए। मोडलको रूपमा करियर सुरू गरेका अभिनेता श्रेष्ठले 'सानो संसार', 'मेरो लभ स्टोरी' र 'भिसा गर्ल' मा काम गरिसकेका छन् । 'रेशम फिलिली' र 'भिसा गर्ल' लाई अभिनेता श्रेष्ठको भी मोसन पिक्चर्सले निर्माण गरेको हो ।
nagariknews

0 comments:

Post a Comment