Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

राप्रपा नेपालद्वारा सुझाव संकलन बहिष्कार

राप्रपा नेपालद्वारा सुझाव संकलन बहिष्कार
By बी एन एन
काठमाडौं, २८ असार : संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव संकलन बहिष्कारको घोषणा गरेको छ । राप्रपा नेपालको सोमबरा सिंहदरबारमा बसेको संसदीय दल र पदाधिकारीको संयुक्त बैठकले मस्यौदामाथि जनताको सुझाव संकलन बहिष्कार गर्ने निर्णय गरेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नियमावली निलम्बन गरेर संविधानका अन्र्तवस्तुमा पर्याप्त छलफल गर्न नदिइ संविधासभालाई प्रमुख दलका प्रमुख नेताहरुको रबरस्ट्याम्प बनाइएकाले आफ्नो दलले सुझाव संकलन बहिष्कारको निर्णय गरेको बताउनुभयो । राप्रपा नेपालसँग २५ जना सभासद छन् । यसअघि चारवटा मधेशवादी दलले पनि सुझाव संकलन बहिष्कारको घोषणा गरेका थिए । सुझाव संकलनका लागि संविधानसभा सचिवालयले कर्मचारीहरुलाई जिल्ला जिल्लामा खटाइसकेको छ । राप्रपा नेपालले भने सुझाव संकलनलाई औचित्यहीन नाटक भनी टिप्पणी गरेको छ ।source: Makalu

0 comments:

Post a Comment