Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 30, 2015

देशभर चालक अनुमतिपत्रको काम ठप्प

देशभर चालक अनुमतिपत्रको काम ठप्प

By: बी एन एन|श्रावण ३०| बागमती यातायात कार्यालयको कम्युटरको सर्भर डाउन भएपछि देशभर नै सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण सेवा ५ दिनदेखि ठप्प छ । ललितपुर उपमहानगरपालिका एकान्तकुनास्थित यातायात कार्यालयको कम्प्युटर सर्भर प्राविधिक खराबीले डाउन भएको हो । यातायात कार्यालयमा दैनिक आउने हजारौ सर्वसाधारण बिना काम फर्किनुपर्दा मर्कामा परेका छन् ।
बुधबार कार्यालयमा भेटिएका संखुवासभा फापरबारीका हितकुमार कार्कीको लाइसेन्स नविकरण गर्ने अन्तिम मिति थियो । कार्यालय बन्द हुँदा उनले समयसिमा भित्र आफ्नो लाइसेन्सको नविकरण गर्न सकेनन् । अब डबल दस्तुर तिरेर  मात्र नविकरण गर्नुपर्ने स्थिति आएको कार्कीको गुनासो छ । गाउँमा स्थानीय शिक्षकको काम गर्ने उनी तीन दिनको विदामा आएका थिए । तर बिहीबारसम्म पनि उनको काम बनेन् ।
कार्यालयको सम्भार क्षमता भन्दा बढि डाटा कोच्चिएर राख्दा सुरुमा अत्याधिक स्लो र सर्भर नै डाउन भएर कामकाज ठप्प भएको जानकारी बागमती अञ्चल यातायात कार्यालयले दिएको छ । यातायात व्यवस्था कार्यालयका सुचना अधिकृत ईश्वरराज रेग्मीले सर्भर पुरानो र कम क्षमताका भएकाले समस्या आएको बताए ।
'हामीले विभागमा पटक पटक अनुरोध गर्दापनि सरकारले नयाँ सर्भर राख्न चासो दिएको छैन,' उनले भने, 'अत्याधिक क्षमता भएको स्मार्ट कार्डको सर्भर पनि सञ्चालनमा आउन सकेको छैन ।'
कार्यालयको सर्भरमा समस्या देखा परेको यो पहिलो पटक होइन । विगत केहि वर्षदेखि निरन्तर देखा पर्दै आइरहेको हो । उक्त सर्भर २०६७ मा मानभवनस्थित यमरी नामक सेफ्टवयर कम्पनीले बागमती अञ्चलको मात्र डाटा राख्ने उद्देश्यले निर्माण गरेको थियो । तर अहिले दशैभरिका यातायात कार्यालय सवारी चालक अनुमति पत्रको डाटा उक्त सर्भरमा राख्दै आएको छ । बागमती यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश वस्नेतले प्राविधिक गडबडीले रोकिएको काम शुक्रबारदेखि सुचारु गर्ने प्रयत्न भइरहेको बताए ।

0 comments:

Post a Comment