Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 14, 2015

भानु जन्मजयन्तीका अवसरमा विराटनगरमा विशेष समारोह

भानु जन्मजयन्तीका अवसरमा विराटनगरमा विशेष समारोह
by बी एन एन| विराटनगर, २९ असार : आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्तीका अवसरमा भानु मोरङ सांस्कृतिक समिति र भानु कला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर समितिले तीन दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय साहित्यकार गंगा सुवेदी, डेढ दशकदेखि पत्रकारितामा सक्रिय कुमोद अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । त्यस्तै शिक्षासेवी रोर्वट शर्मा, कलाकार बुद्धिमान थापा मगर र संस्थाको विकासमा स्थापनाकालदेखि सहयोग गरेबापत भगवानलाल साहलाई समेत सम्मान गरिएको थियो । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ दधिराज सुवेदी र विवश पोखरेल र संस्थाकी अध्यक्ष माया पौडेलले संयुक्त रुपमा फूलमाया, अविर लगाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाको विकासमा विशेष योगदान पु¥याएबापत साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितलाई भानुपदकबाट विभूषित गरियो । उक्त पदक संस्थाको हितमा काम गरेबापत हरेक वर्ष एकजना व्यक्तिलाई प्रदान गरिँदै आएको छ । कार्यक्रममा भानु कला केन्द्रका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कविता प्रतियोगितामा विजयी कविहरु विकास श्रेष्ठ, सुमित्रा भट्टराई, मञ्जरी घिमिरे र मोतीराम ढुंगालालाई समेत नगद पुरस्कार प्रदान गरियो ।  त्यसअघि विराटनगर सन्सारीमाईस्थानबाट आदिकवि भानुभक्त आचार्यको रथयात्रा निकालिएको थियो । रथयात्रामा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, साहित्यकार प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, साहित्यकार गंगा सुवेदीलगायत कलाकार, पत्रकार, विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिताथियो ।

0 comments:

Post a Comment