Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, July 12, 2015

राष्ट्रपति कार्यालयको वेबसाइट ह्याक

राष्ट्रपति कार्यालयको वेबसाइट ह्याक

by:बी एन एन|असार २६|राष्ट्रपति कार्यालयको वेबसाइट ह्याक भएको छ । वेवासाइट होमपेजमा ह्याकरले आफ्नो सन्देश छाडेका छन् ।
‘भूकम्पको बेला आएको सहयोगको रकम कता गयो ?’ भन्दै प्रश्न सोधिएको छ भने नेपालमा अझैं जात र वर्गको आधारमा भेदभाव रहेको भन्दै त्यसै अनुसार कानुन बनाउन सुझाव दिइएको छ ।
वेबसाइटको होमपेजमा एनोनिमस नेपाल भन्दै लोगो राखिएको छ ।
ह्याकरले आफू नेपाल आउन चाहेको भन्दै नेपालमा वेव डेभलपरलाई कामको अवसरबारे चासो राखेका छन् ।
ह्याकरले अमेरिकास्थित नेपाली दुतावासको वेबसाइटको सबै डाटाबेस आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
‘हामीले चायौं भने हामीले तथ्यांकहरु सार्वजनिक गर्न सक्छौं तर हामीले त्यसो गर्ने छैनौं त्यसैले हामीलाई जवाफ दिइयोस’, ह्याकले लेखेका छन् ।

0 comments:

Post a Comment