Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 14, 2015

पुर्वान्चलबासीको पिडा , सवारी छ लाईसेन्स छैन !

पुर्वान्चलबासीको पिडा , सवारी छ लाईसेन्स छैन !

by बी एन एन|२९ असार, विराटनगर । मेची, कोशी र सगरमाथा अञ्चलमा एक वर्षभित्र ४१ हजार सात सय ३३ सवारीसाधन भित्रिएको रेकर्ड छ । तर, यति धेरै सवारी साधन भए पनि सवारी चालक अनुमति पत्र पाउनेको संख्या भने पूर्वका तीन अञ्चलमा चार हजार एक सय २२ मात्रै छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी इटहरीका अनुसार ०७१ साउनदेखि ०७२ जेठसम्म कुल ४१ हजार सात सय ३३ सवारीसाधन भित्रिएको नयाँ पत्रिकामा खबर छ । सवारी चालक अनुमतिपत्र भने जम्मा चार हजार एक सय २२ वटा मात्र वितरण भएको पनि ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक पहरीको रेकर्डअनुसार पूर्वाञ्चलमा हजारौं सवारीसाधन बिना लाइसेन्स चल्ने गरेको पाइएको छ ।
सवारीसाधन भित्र्याउने क्रम धेरै भए पनि लाइसेन्स वितरण सुस्त रहेकाले बिनालाइसेन्स सवारी चलाउने बढेकाले सवारी दुर्घटना पनि बढेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment