Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 21, 2015

मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु

मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु
by बिराट नगर News

काठमाण्डौ साउन ६

संविधानको प्रारम्भिक मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु भएको छ । सबै सुझाव एक ठाउँमा राखेर बर्गीकरण गरिने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ ।
समितिकी सभापति प्रमिला राणाका अनुसार सहमति, असहमति र नयाँ विषय गरेर सुझावलाई बर्गीकरण गरिनेछ । नागरिकले दिएका सबै सुझाव समेट्नेगरी संविधानसभामा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । समितिलाई भोलिसम्ममा सुझाव समेटेर प्रतिवेदन बुझाउन समय दिइएको छ । तर भोलिसम्म भ्याउन नसकिने भएकाले केही दिन समय थप गर्न आग्रह गरिने राणाले बताउनुभयो । यसबारे समितिले आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छलफल गर्ने तयारी गरेको छ ।

0 comments:

Post a Comment