Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

बिदेश आउन मेडीकल गर्दा लुट (बिराटनगरका युवाको कथा)

बिदेश आउन मेडीकल गर्दा लुट (बिराटनगरका युवाको कथा)
by बी एन एन (source our biratnagar)
बिराटनगर असार २८ ,

बिराटनगरबाट ८ महिना अघी बहराइन जान बिराटनगर-१५ का रोनल कडेल काठमाण्डौ आए , काठमाण्डौ आए पछी उनले मेडिकल गराउन एक्वा मेडीकल पसल गए त्यहाँ उनले आफ्नो जाच गराए , जाच गराउदा छातीमा केहि दाग देखिएको भनियो , त्यस पछी उनले केहि महिना पछी फेरी जाच गराए त्यस जाचमा पनि उनलाई छातीमा दाग छ भनियो । हरेक पटक जाच गराउदा यस्तो जवाफ पाए पछी रोनल फाइनल कुरा गर्न जादा उनलाई रु १०००० दिए तुरुन्त फिट लेखेर कागज दिने जवाफ दिए त्यहाँका कर्मचारीले । अगाडी नै धेरै पैसा दिसकेको र अब नदिने कुरा सुनाउदा उनले त्यसो भए बाहिर जान नपाउने धम्की दिए । धेरै गर्दा नि केहि नभए पछी उनले १०००० दिए र उनको हातमा फिट लेखेको कागज आयो । उनि त्यो लिएर बहराइन आए ,अब त्यहाँ पनि छुटै जाच गराउनु पर्ने भयो । उनि चिन्तित भए नेपालमा घुस दिएर बनाएको कागजले अब फसाद पर्ने भयो भनेर । केहि दिन मै उनले त्यहाँ जाच गराए ।

उनि अचम्ममा परे जब त्यहाँ उनलाई फिट भनेर कागज दिइयो । त्यो बेला उनले सम्झे नेपालमा अनफिट त पैसा ( घुस्) खान लाई मात्र भनिएको रहेछ । " यस्तो ठगी म जस्तो पढ्एको मान्छे लाई गरे भने न पढ्एका लाई झ न कती लुट्दा होलान " उनि भन्छन । हरेक बिदेश आउने युवाबाट यस्तो लुट रकम लिएको उनि दाबी गर्छन र सरकारलाई ध्यान दिन आग्रह पनि गर्छन ।

0 comments:

Post a Comment