Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

प्रधानन्यायाधीश र मुख्यसचिव नै डीभी, पीआर र ग्रिनकार्डधारी

प्रधानन्यायाधीश र मुख्यसचिव नै डीभी, पीआर र ग्रिनकार्डधारी 
by: बी एन एन आइतबार, आषाढ २७, २०७२ १७:४८:५९
प्रधानन्यायाधीश, मुख्यसचिव, सचिवहरु र सहसचिवहरु तथा सुरक्षा निकायका विभिन्न पदमा रहेकाहरुले नै डीभी, पीआर र ग्रिनकार्ड लिएको पाइएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालपाटी डट कमसँग विशेष कुराकानी गर्दै भने ‘मैले इतिहासको पाटो हेर्दा नेपालको प्रधानन्यायाधीश, मुख्यसचिव, सचिवहरु, सहसचिवहरु, सुरक्षा अंगका थुप्रै पदका मानिसहरुले लिएका रहेछन । यो सहायक स्तरको कर्मचारीले होइन, नीति नियमकै तहमा रहेकाहरुले लिएका छन । जसको अन्तर्राष्ट्रियस्तरमा आफूलाई पहुँच पुर्याउन सक्छ ।’
मन्त्री पण्डितले निजामति कर्मचारी ऐनको चौथो संशोधनपछि करिव १४ हजार कर्मचारी प्रभावित हुने र  उनीहरुलाई सच्चिनका लागि दुई महिनाको समय दिइएको समेत बताए । लुकिछिपी अगाडि बढे तीन महिनाभित्र बर्खास्त गरिने र सरकारी सेवा गरेवापत पाउने कुनै पनि सुविधा नपाउने स्पष्ट पारे । कर्मचारीको श्रीमान, श्रीमतीले डिभी, पीआर र ग्रिनकार्ड लिएको भएपनि त्यसको जानकारी गराउनुपर्ने व्यवस्था रहेको उनले बताए ।
नेपाललाई माया गर्ने सवै समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्नेमा उनले जोड दिए । ‘आ—आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ । आफ्नो कामप्रति इमान्दार, वफादार भएर लाग्नुपर्छ । कामलाई भोलि भनेर टार्नु हुँदैन । यो देश बनाउने मेरो जिम्मेवारी हो । देश बनाउन गौरभका साथ लाग्छु । मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने भावनाको साथ लाग्दा नेपाल समृद्ध मुलक बन्नेछ ।’

0 comments:

Post a Comment