Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

सामाजिक कार्यमा सक्रिय हुँदै पुर्वयुवराज्ञि

by: बी एन एन

काठमाडौं, २५ साउन । पूर्वयुवराज्ञी हिमानी शाह अध्यक्ष रहेको हिमानी कोषको कार्यालयमा सोमबार अलि फरक दृश्य देखिएको छ । सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको कोषले भूकम्पपछि भूकम्प पीडितलाई लक्षित गरी विभिन्न जिल्लामा सहयोग गर्दै आएको छ ।
सधैंजसो सहयोगपछि पत्रकार सम्मेलन गर्ने कोषको कार्यालयमा भने सोमबार फरक गतिविधि देखिएको हो । बालुवाटारस्थित कोषका कार्यालयमा अक्सर पत्रकार र कोषका कर्मचारी देखिने गरिए पनि सोमबार केही सर्वसाधारणहरुको उपस्थिति थियो । सबैजनाको प्रतिक्षा – थियो हिमानीको आगमनको । निकैबेरको प्रतिक्षापछि हिमानी रातो पोते र निधारमा ठूलो आकारमा लगाइएको चन्दनमाथि रातो टिका लगाएर सधैंको पोशाकमा कोषको प्राङ्गणमा आइपुग्दा उनले सबैलाई हात जोडेर स्वागत गरिन् । उनको स्वागत कोषका कर्मचारी र उपस्थित सर्वसाधारणहरुले पनि स्वीकार गरे ।
त्यसपछि कोषले सिन्धुपाल्चोकको एक विद्यालय र एक स्वास्थ्य चौकीलाई जस्तापाता हस्तान्तरण गर्ने कार्यक्रमका बारेमा जानकारी दिइयो । कोषका तर्फबाट सिन्धुपाल्चोकको घुमथाङ– ४ मा रहेको स्व. गणेशमान सिंह स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माध्यामिक विद्यालयलाई २५ बण्डल जस्तापाता सहयोग गरेको हो । कोषकी अध्यक्ष तथा पूर्वयुवराज्ञी हिमानीले स्वास्थ्य चौकीका कृष्णबहादुर श्रेष्ठलाई ७ बण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर श्रेष्ठलाई २५ बण्डल जस्तापाता हस्तान्तरण गरेकी हुन् ।
हस्तापास्ता बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले कोषले उपलब्ध गराएको जस्तापाताले पठनपाठन कार्यमा ठूलो सहयोग पुग्ने बताए । गएको बैशाख १२, १३ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण विद्यालय भत्किँदा अहिले सम्म पठनपाठन राम्रोसँग सुचारु गर्न नसकेका बेला कोषले उपलब्ध गराएको जस्तापाताले ठूलो टेवा पुग्ने बताए । श्रेष्ठले अब कोषले अस्थायी स्थायी टहराका लागि मात्रै नभइ एउटा भवन बनाए दिए राम्रो हुने बताउँदा हिमानी भने मुसुमुुसु हाँसिरहेकी थिइन् ।

0 comments:

Post a Comment