Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 15, 2015

बन्दको हल्लाले बिराटनगरका व्यापारी तनाबमा

बन्दको हल्लाले बिराटनगरका व्यापारी तनाबमा
by बी एन एन
बिराटनगर साउन ३० ,
लिम्बूवान लगायतका विभिन्न पार्टीको बन्द आवहानका कारण पुर्वी नेपालको बन्दका कारण जनजिवन कस्टकर भईरहेको बेला , साउन ३१ र ३२ गतेको नेपाल बन्द आवहानका कारण थप जीवन कस्टकर हुने निस्चय प्राय छ ।  बिराटनगरका व्यापारी हरु बन्दको मार बिराटनगरमा ठुलो पर्ने चिन्ता व्यक्त गर्छन । बिराटनगर मेन रोडका कपडा व्यापारी अर्बिन्द झा भन्छन " हामीले महिनै पिछे भाडा तिर्नु पर्छ , कर्मचारी पाल्नु पर्छ यस्ता बन्दले व्यापारमा ठुलो घाटा छ " देशको बिग्रेदो  राजनीतिक वातावरणले उनी जस्ता हजारौंको व्यापार संकटमा परिरहेको छ । बिराटनगर बजार एक दिन बन्द हुदा लाखौंको क्षति हुने अर्का व्यवसायी जनक काफ्ले बताउछन् । बन्द सधैको लागि बन्द हुनुपर्ने माग उनिहरुको छ । गरि खान देउ अभियानका वसन्त अधिकारी बन्दले सबै कुराको समाधान नगर्ने बताउँछन् , उनी भन्छन् देशमा उध्योग धन्दा धरासायि हुनुको कारण बन्द हड्ताल नै हो यस्ले बेरोजगारी बढाईरहेको छ । उनी बन्द नगर्न बन्दकर्तालाई अपिल गर्छन ।

0 comments:

Post a Comment